बोलेरोको ठक्करबाट ठेला चालकको मृत्यु

२० माघ ७६, मंगलबार

२१ माघ, झापा ।
झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा बोलेरोको ठक्करबाट ठेला चालकको मृत्यु भएको छ ।

Advertisement

सोमवार राती साँढे ६ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरो गाडीले सोही दिशा तर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिंदा ठेला चालक स्थानीय ६० बर्षीय बलबहादुर दर्जी घाईते भएका थिए ।

उनलाई उपचारको लागि बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । बोलेरो र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top