सांसद चौधरीलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा उजुरी

२१ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा उजुरी परेको छ ।

सांसद चौधरीले आफूहरूलाई ठगी गरेको भन्दै लीलाबहादुर थापा र कृष्णराज पाण्डेले सचिवालयमा उजुरी गरेका हुन्। सांसद चौधरीले ८ लाख ठगी गरेको आरोप निवेदक थापा र पाण्डेले लगाएका छन्।

चुनावताका सहयोग मागेको भन्दै आफूहरूले सो रकम दिएको उनीहरूको दाबी छ। सांसद चौधरी प्रतिनिधिसभाकी सांसद हुन्।

Scroll to Top