×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

कोरोनाबाट बच्न सरकारले गरेका प्रयास यस्ता छन्

२१ माघ, काठमाडौँ ।
सरकारले नोवेल कोरोना भाईरस संक्रमण र नियन्त्रणका लागि भईरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्रीले समय लिएर बोल्दै कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारबाट भएका कामकारवाहीको जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको , प्राविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयको सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भईरहेको पनि उनले स्पष्ट पारे । संक्रमणबाट बच्नका लागि जनचेतना मुलक विज्ञापन बनाईएको र सम्बन्धित विज्ञहरुसंग विभिन्न चरणमा बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भईरहेको उनले उल्लेख गरे । उनले चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको र बिलम्ब नगरि ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पारे ।

उनले सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यही अनुसारको सर्तकता अपनाउने तयारी भईरहेको बताए । युवान प्रान्तमा विमानस्थल बन्द रहेको र यातायात पनि संञ्चालनमा नरहेकाले स्थानीय सरकारसंगको समन्वयनमा त्यहाँका नेपालीलाई नेपाल ल्याई न्यूनतम १४ दिन क्वारेन्टाईनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरि आवश्यक तयारी गरिएको उनले बताए ।

कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्र्तगत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधान अनुसार आदेश जारी पनि गरिसकेको उनले स्पष्ट पारे । उनले तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा वेडको व्यवस्था मिलाईएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भईरहेको, तत्कालका लागि काठमाण्डौ उपत्यका भन्दा बाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि संभावित जोखिमको ठाउमा राखेर आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे । उनले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाँउ नपाएको भन्ने भनाईमा सत्यता नभएको र ढिलाई गरेको भन्ने भनाईमा सत्यता नभएको दाबी गरे ।

प्रतिनिधिसभाको मंगलबारकै बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरि ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरे । उनले चीनमा कोरोना भाईरसको उत्पत्ति र बढी संक्रमण पनि फैलिएकाले उनीहरुले यसमा उच्च सर्तकता र कडा व्यवस्थापन गर्नु जरुरी भएपनि नेपालमा समस्या नभएकाले उसको जस्तै तयारी गर्नुपर्छ भन्ने भनाई तर्कसंगत नभएको बताए । उनले विद्यार्थी समयको भनाई उद्धृत गर्दे त्यसै सांसदहरुले गरेको टिप्पणीको तुलना गरे । उनले चीनबाट ल्याएका नेपालीहरुलाई राख्ने स्थान हेरिसकेको र ती स्थानमा राख्ने सवालमा बिलम्ब नहुने स्पष्ट पारे । नेपाल ल्याउनु भन्दा अगाडि चिनीया सरकारले परीक्षण गर्ने, पोजेटिभ देखिएमा उतै राख्ने र संक्रमण हो भनेर प्रमाणित नभएको तर जोखिम युक्त क्षेत्रबाट आएकालाई संक्रमण हुन सक्ने भएकाले निगरानीमा राख्ने प्रबन्ध मात्रै मिलाउने काम भएको उनले स्पष्ट पारे ।

उनले विमानस्थलमा नै हेल्प डेक्स राखिएको र मेसिनबाट जाँच्ने काम भईरहेको पनि उल्लेख गरे । नेपाल फर्कन चाहनेहरुको फर्म भर्नु भनेर गरेको आव्हानमा १ सय ८० जनाले मात्रै फर्म भरेको जानकारी गराए । माघ १६ गते अन्तराष्ट्रिय स्तरमा इमरजेन्सीको घोषणा गरेको भएपनि व्यापार र यातायातमा कुनै प्रतिवन्ध नलगाईएको उनले स्पष्ट पारे । यसको संक्रमणबाट विरामी सिकिस्त पनि नहुने र अस्पताल जाने स्थिति कम भएको तथा एउटा विरामीबाट अर्को स्वस्थ्य व्यक्तिमा सर्नका लागि २ देखि १४ दिन लाग्ने भएकाले यसमा सावधानी अपनाउनुपर्ने उनले उल्लेख गरे । उनले विश्व स्वास्थ्य संगठनको सोमबार सांझसम्मको तथ्यांक अनुसार, विश्वका २३ मुलुकमा कोरोना भाईरस फैलिएको बताए । यसबाट १७ हजार ३ सय ५१ जनाहरु संक्रमित रहेको र सबै भन्दा बढी चीनमा १७ हजार २ सय ३८ जना संक्रमित रहेका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top