गच्छदारका लागि सडकमा उत्रिए नेविसंघ र तरुण दल

२४ माघ, काठमाडौं । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियार टंगाल बस्नु जरुरी नभएको भन्दै बालुवाटरबाटै चलाउन आग्रह गरे ।

कानुन धनि गरिब सबैलाई बराबर हुने भएपनि त्यसो हुन नसकेको भन्दै उनले ‘अख्तियारलाई बालुवाटारमा राखेर भातृ संगठन जस्तो बनाए हुने बताए । आफुहरु विजयकुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उनले भने, ‘मन्त्री परिषद्मा निर्णय गर्ने कसले ? माधव नेपाललाई कारवाही गर्नुप¥यो । निर्णय गर्ने माधव नेपाल कारवाही भोग्ने विजय गच्छदार ? मुख्य सचिवलाई कारवाही किन नहुने ? जग्गाको लालपूर्जा लिने विष्णु पौडेल र उनका छोरालाई कारवाही नहुने ?’

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले जनतामा देखिएको निराशा चिर्नुको सट्टा प्रधानमन्त्री सरकारी सम्पत्ति व्यापारिक घरानालाई कौडीको मुल्यमा दिने निर्णय गर्दै गएको बताए । अख्तियारलाई संवैधानिक अंगको रुपमा रहेर काम गर्न सुझाव दिदै उनले बालुटारको भातृ संगठन बन्न खोजे आन्दोलनको आँधिले बगाउने चेतावनी समेत दिए ।

उनले भने, ‘अख्तियार भनेको संवैधानिक निकाय हो । यदि संवैधानिक निकायले आफ्नो संवैधानिक हैसियता पुरा गर्दैन भने । अख्तियार बालुवाटारको भातृ संस्थाका रुपमा अगाडी बढ्न खोज्यो भने । अब आन्दोलनको आँधि सुरु भइसकेको छ । आन्दोलनको आँधिले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ ।’

प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने अरुलाई फसाउने, तिलकुमारीर्लाइ जेल विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ की प्रधानमन्त्री’, लगायतका प्लेकार्डहरु आन्दोलनकारीहरुले बोकेका थिए । आइतबार पनि तरुण दलको संयोजकत्वमा माइतीघरमा प्रदर्शन हुने बताइएको छ । नेपाली कांग्रेसले पनि अख्तियारको निर्णय भेदभावपूर्ण भएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top