×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कालो मरिच आयातमा रोक, व्यापार प्रभावित

५ चैत्र २०७४

वीरगञ्ज, चैत ५
तेस्रो मुलुकबाट आउने कालो मरिचको अन्तर्रा्ष्ट्रिय बजार मूल्य घट्दै जाँदा नेपाल सरकारले मरिच आयातमा रोक लगाएपछि यसको व्यापार प्रभावित भएको व्यपारीहरुको गुनासो छ ।

माग र कारोवारका आधारमा तेस्रो मुुलुकबाट आयात गरिने कालो मरिचको मूल्य घटबढ हुने तथा नयाँ भन्सार नीतिका कारण यसको आयात प्रभावित भएकाले यसको प्रत्यक्ष असर भन्सार राजश्वमा परेको वीरगञ्ज सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका निमित्त प्रमुख धनबहादुर बडुवालले बताए ।

Advertisement
Advertisement

उनले सरकारले हालै जारी गरेको नयाँ भन्सार नीतिका कारण तेस्रो मुलुकबाट नेपाल भित्र्याइने कालो मरिचका व्यापारी मार्कामा परेका छन् भने यस सम्बन्धमा सरकार र व्यापारीबीच वार्ता भइरहेकाले चाँडै नै यो समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

भियतनाम सरकारले मरिच उत्पादन गर्ने आफ्ना किसानलाई सबसिडी (सुविधा) दिएपछि अन्तर्रा्ष्ट्रिय बजारमा कालो मरिचको मूल्य गिर्दाे अवस्थामा रहेको र बढी मरिच आउन थालेका कारण यसको तस्करी पनि बढ्न भएकाले सरकारले तत्कालका लागि यसको आयातमा रोक लगाएको सुख्खा बन्दरगाह प्रशासनको ठम्याइ छ ।

यता कालोमरिच आयातकर्ताले सरकारले अन्तर्रा्ष्ट्रिय मूल्य सहजै पत्ता लगाउन सकिने भए पनि व्यावसायीलाई दुःख दिने नियतले जारी गरेको भन्सार नीतिका कारण करोडौँ मूल्य बराबरको मरिच रोकिएको बताएका छन् ।

कालो मरिच हालको मूल्य सूचीअनुसार प्रतिमेट्रिक टन सात हजार युएस डलर खरिद मूल्य तोकिएको छ भने नेपाली व्यवसायीले ३१५० युएस डलर भाउमा मरिच भित्र्याउने गरेको बताइएको छ ।

सरकारद्वारा जारी निर्देशनपछि फागुन २० गतेदेखि एउटा व्यवसायीले समेत मरिच लगेका छैनन । यसकारण तेस्रो मुलुकबाट आउने मरिच अहिले बन्दरगाहहरुमा रोकिएको छ । नियमित रुपमा आउने मरिच एकाएक बन्द भएपछि यसले भन्सार राजश्वसमेत प्रभावित भएको छ ।

भन्सार नीतिकै कारण ट्रेडिङका करीब ७–८ ¥याक सामान रोकिएको छ । व्यापारी सरकारसँग करीब चार हजार युएस डलरको दरले पाँच प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट जोडेर मरिच छुटाउने प्रयासमा छन् । मरिचमा पाँच प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दै आएको छ । अहिले सुख्खा बन्दरगाहमा रेलमार्गबाट दैनिक ४० कन्टेनर आउने गरेको छ ।

भन्सार विभागले जारी गरेको मूल्य सूची पुस्तिकामा मूल्य दर बढी तोकिएको भए पनि अन्तर्रा्ष्ट्रिय बजारमा ती सामानको मूल्य घटेकाले यस्ता सामान भित्र्याउने व्यापारी बढी मर्कामा परेकाले नेपाल सरकार यसप्रति गम्भीर हुनुपर्ने माग तेस्रो मुलुकबाट व्यापार गर्ने व्यापारीको माग रहेको छ ।

Advertisement
Advertisement

पहिले प्रतिक्विन्टल १२ हजार युएस डलर मूल्य थियो तर भियतनाम सरकारले मरिच उत्पादन गर्ने आफ्ना किसानलाई सबसिडी दिन थालेपछि अहिले यसको बजार मूल्य घटेर प्रतिक्विन्टल साढे ३१ सय युएस डलरमा झरेको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top