काठमाडौंका दरबार क्षेत्रमा रात्रीकालीन भ्रमण गराईने

२६ माघ, काठमाडौं । सरकारले पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ । पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताएका हुन् ।

उनले त्यसका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा संग्राहलय निर्माण भइसकेको समेत बताए । उनले नेपाल विश्व मानव सभ्यताको केन्द्र भएकाले मानव सभ्यता सम्बन्धी अध्ययन अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन नगरी अनुसन्धान पुरा नहुने भएकाले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताए ।

उनले भूकम्पबाट ३१ जिल्लामा ९ सय २० सम्पदा क्षति भएकोमा ४ सय वटाको पुननिर्माण सम्पन्न भएको र १ सय ५० वटाको यसै आर्थिक वर्षमा सम्पन्न हुने र बाँकीको अवको २ वर्ष भित्रमा निर्माण सम्पन्न गरी विश्व समुदायमा काम सम्पन्न भएको घोषणा गर्ने बताए ।

Advertisement

मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने बताए , त्यसका लागि उपत्यकाका सात वटै विश्व सम्पदा सुचिमा रहेका स्थलहरुलाई साइकल लेनले जोडिने समेत बताए ।

त्यस्तै पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रलाई राति समेत भ्रमण र अवलोकन गर्न सकिने गरी ‘भ्याली वाइ नाइट’को काम भइरहेको समेत जानकारी दिए । उनले पुरातात्विक क्षेत्रमा रहेका मानव वस्ती हटाइने, व्यापार गर्न नदिने लगायतका कामहरु गर्ने योजना रहेको समेत बताए ।

Advertisement

त्यस्तै नेपालका कतिपय सम्पदाको अरु मुलुकले नक्कल गरेर गलत प्रचार गरेको उल्लेख गर्दै नेपालका पुरातात्विक सम्पदाको संरक्षण र प्रचार प्रसारमा सरकारले ध्यान दिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top