पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी, चैत ५
भ्लादिमिर पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहनेछन् । आइतबार भएको राष्ट्रपतिको निर्वाचनमा ११ करोड नागरिकले मतदान गरेका थिए ।

विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालकालागि निर्वाचित भएको बीबीसीले उल्लेख गरेको छ । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । उनको चुनावी अभियान टोलीले यो जितलाई अविश्वासनीय भनेको छ । जित निश्चित भएसँगै सुरु भएको ¥यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई नागरिकले अनुमोदन गर्दै आफूलाई मत दिएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

राष्ट्रपति चुनावमा सातजना उम्मेदवार थिए तर पुटिनसँग निकट प्रतिस्पर्धामा पावेल ग्रुदिनिन, केसेनिया सोब्चाक र भ्लादिमिर झिरिनावस्की थिए । प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई भने उम्मेदवारी दिन नै रोक लगाइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top