×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कसको विश्वास गर्नु ?)
आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकीपूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा मृत्यु  / कार्कीको घरमा काम गर्ने दाङकाविजयचौधरी झुण्डिएको अवस्थामा मृत फेला /चौधरीले नै कार्कीको हत्या गरेको प्रहरीको निष्कर्ष ।

Advertisement
Advertisement

२.(प्रहरी अनुशन्धान)
निर्मलापन्तको बलात्कारपछि हत्याप्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेको प्रहरी प्रधान कार्यालयको निष्कर्ष / पन्त हत्यामा दिलीपसिंह विष्ट नै दोषी रहेको ठहर ।

३.(को बन्ला आईजीपी ?)
नेपालप्रहरीको महानिरीक्षकनियुक्तगर्न मंगलबार बिहानमन्त्रिपरिषद् बैठक बस्ने / आज बसेको बैठकले आइजिपी छान्न सकेन /डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसादलम्साल र सूर्य उपध्याय महानिरीक्षकको दौडमा ।

४.(संसदमा अबरोध)
ललितानिवास जग्गाप्रकरणमा अख्तियारले दोषीजति सबैलाई मुद्दा लगाउनु पर्ने मागगर्दै नेपाली कांग्रेसद्वारा प्रदेश १को संसद दोस्रो दिनपनि अवरुद्ध/ बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबार १ बजेसम्मका लागि स्थगित ।

५.(बल्ल समय तोकियो)
चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि फागुन ३ गते नेपालवायुसेवानिगमको विमानचीन पठाउने सरकारको तयारी /नेपाल ल्याइएकालाई भक्तपुरस्थित विद्युत प्राधिकरणको दुईटा भवनमा राखिने ।

६.(लाइसेन्सलाई १८ वर्ष)
सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिन न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने ब्यवस्था गर्ने सरकारको तयारी / लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्षकायम गरिने ।

७.(प्रतिबन्धित पक्राउ)
ललितानिवास जग्गा प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको काठमाडौं रहेको घरमा बम विष्फोटमा संलग्न ७ जना विप्लवका कार्यकर्ता काठमाडौबाट पक्राउ /पक्राउ परेकाहरुको साथबाट विभिन्न सामान र दस्तावेजहरु बरामद ।

८.(कांग्रेसको आन्दोलन)
आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै नेपाली कांग्रेस सप्तरीको राजविराजमा विरोध प्रदर्शन / पक्राउ परेका आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइएको दावीगर्दै रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी ।

९.(लागुऔषधमा बालबालिका)
भारतीय नाका जोगबनीबाट लागुऔषध कारोवारीले पैसा दिने आश देखाएर लागुऔषधओसारपसारमाबालबालिकाको प्रयोग गर्ने गरेको फेला/छातीमा टेपले बेरेको लागुऔषध सहितधरानका १४ वर्षीय बालक पक्राउ ।

१०.(एमसीसीको तरङ)
अमेरिकी सहयोग मिलेनियमच्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न जनगणतान्त्रीक मोर्चा, मसाल, क्रान्तिकारी माओवादीलगायत नौ दलको माग/ विवादित सिमा क्षेत्रमा आफ्नो स्वामित्वकायमगर्न आग्रह÷माग पुरा नभए जनसंघर्ष गर्ने चेतावनी ।

११.(सम्बन्ध सुधार)
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसादतिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट / फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डद्वारा राष्ट्रिसभाको पनि अवलोकन ।

१२.(युटिलिटी कानुनको विकल्प)
युटिलिटी करिडोर सम्बन्धि कानून नबन्दासम्म केही नेपाल ऐनलाई संशोधन गरेर अगाडी बढ्न सकिने अर्थमन्त्रीयुवराज खतिवडाको भनाई /युटिलिटी उपत्यकामामात्रै केन्द्रीतनभएर मध्यपहाडी लोकमार्ग, घना वस्ती सहरी क्षेत्र भएका तराईमा पनि लागु हुने ।

१३.(दोहोरो पदावधि)
खेल क्षेत्रको सिण्डिकेट तोड्न खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयकल्याइएको खेलकुदमन्त्री जगत विश्वकर्माको भनाई / अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले पनि चासो राख्ने भएकाले ऐनबाट नियन्त्रण गर्न नहुनेमा जोड ।

१४.(घटुवामा सरस्वती)
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासलसँग२—१ ले पराजितभएको सरस्वती ब्लब ‘बी’ डिभिजनमा घटुवा / पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफद्वारा फ्रेण्ड्स क्लब ५—२ गोल अन्तरले पराजित ।

Advertisement

र,
१५.(प्रकृतिको लीला)
अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा /वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित/भारी वर्षाकाकारण डढेलो पनि पूर्ण रुपमा निभ्यो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top