सबैको भाव र चाहानाहरु समेट्न सकिएनः प्रचण्ड

२७ माघ, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक समाजवादको युगतर्फ अगाडी बढेको भएपनि सबैको भाव र चाहानाहरु समेट्न नसकिएको स्वीकार गरेका छन् । काठमाडौंमा भएको एफ. एल. एफ. अवार्ड कार्यक्रममा सम्बोधन गर्दै दाहालले नयाँ व्यवस्था ल्याउन सबै जातजाति, भाषाभाषी र संस्कृतिका समूदायको योगदान बराबर भएपनि अझै सबैको भाव र चाहाना समेट्न नसकिएको स्वीकार गरेका हुन् ।

देश संघीय लोकतान्त्रीक गणतन्त्रको युगमा भएपनि संविधानमा अझै समानता, समावेशीताका कुराहरु पुरा हुन नसकेको उल्लेख गर्दै दाहालले भने, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा हामी छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रमा धर्म निरपेक्षता, समावेशीता, समानुपातिकताको जुन स्तरमा हामी आइपुगेका छौँ । यद्यपी सबैको भावहरु सबैका चाहानाहरु त्यसमा समेटी सके, पूर्ण भइसक्यो भन्ने दाबी हाम्रो छैन । हाम्रो संविधानले पनि यसको परिमार्जनको यसको विकासको आवश्यकता स्वीकार गरेको छ । तर पनि फेरी एउटा सामन्तीवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रकृयामा हामी छौँ ।’’

अध्यक्ष दाहालले देशमा राजनीतिक परिवर्तन ल्याउन सबै जातजाति, भाषाभाषी, सांस्कृतिक समूदायको उत्तिकै योगदान हुनु खुसी र गौरबको कुरा भएको बताए । विश्वमा अहिलेसम्म सगरमाथाको देश, वुद्ध जन्मेको देश भनेर चिनिने गरेकोमा अब विकास र समृद्धि, समाजवाद र सामाजिक न्यायको यात्रामा पनि नेपाललाई उचो ठाउँमा पु¥याउन सम्भव रहेको बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top