संसदमा सरिता गिरीको हिन्दीमा सम्बोधन : ललिता प्रकरणमा पूर्वप्रधानमन्त्रीले जिम्मा लिनुपर्छ

२७ माघ ७६, मंगलबार

२८ माघ, काठमाडौँ ।
समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताइन् । ‘‘हमारे दलके संघीय परिषदके नेता पूर्व प्रधानमन्त्री माननिय बाबुराम भट्टराइ के भि इस विवादमा नाम ताना जारहा हे । और तो खुले ढंगसे चारौं चरफ बोल रहें हे कि मेरा नाम आरहा हो तो क्या हो गा इस मुद्दाका जाँचबुझ हो । और मे आग्रह कर्ति हुँ सभी प्रधानमंत्री से अगर उनले क्याबिनेटके निर्णय के आधार पे गृहमंत्री या अन्य कोइ उनके निचेके मंत्रालयके मंत्री या पदाधिकारी या कर्मचारी अगर उनपे मुद्दा चला हे तो आज ए उनका नैतिक दायित्व बन्ता हे के ओ सारे संसार जनताके आगे इस सदनके आगे आकर और कहे कि नहि अगर मेरे क्याबिनेट के निर्णय के कारण चाहे ओ नीतिगत हो वा कानूनी हो ओ फैसला तो अदालत करेगा, ओ फैसाल विशेष अदालत करेगा । मे आग्रह कर्ता हुँ उस निर्णयको जनताके बीचमे लाया जाए औंर उसके छानबिन हो ।’’, उनले भनिन् ।

चीनको कारोना प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुर्लाइ स्वदेश फर्काउने विषयमा संसदमा जुन आवाज उठ्नुपर्ने बेला लगातार संसद अवरुद्ध हुनु दुःखद भएको उनले बताइन् । जीवन मरणको अवस्थामा रहेका निर्दोष व्यक्तिहरुको उद्धारका लागि उनले सरकारको ध्यानाकर्षण समेत गराइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top