×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

फागुन २ देखि विराट एक्स्पो : हात्ती सवारदेखि चरा अवलोकनसम्म

२९ माघ २०७६

२९ माघ, विराटनगर ।
विराटनगरमा शुक्रबारदेखि अन्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (विराट एक्स्पो–२०७६) हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन १० गतेसम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

औद्योगिक वस्तुको बजार प्रवद्र्धन, औद्योगिक क्षेत्रको सूचना प्रवाह, नयाँ प्रविधि र उत्पादनबारे जानकारी, औद्योगिक विकासमा टेवा, कृषिको व्यवसायीकरण, तथा पर्यटन प्रबद्र्धनको उद्देश्यका साथ सुरु गर्न लागिएको मेलाको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने आयोजकले जनाएको छ । ३ सय ४० स्टल रहने सो मेलामा नेपालका प्रतिष्ठित उद्योग व्यावसायका दैनिक उपभोग्य वस्तु तथा उत्पादनका साथै भारत, पाकिस्तान र बंगलादेशका उपभोग्य वस्तु तथा उत्पादन पाईने विराट एक्स्पो–२०७६ का संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

Advertisement
Advertisement

उनले मेलाको मुख्य आकर्षकको रुपमा जुम्लाको स्याउ, मार्सि चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, ईलामको ललिपप, तेह्रथुम र संखुवासभाको अल्लो, अर्गेनिक, ग्रिन र अर्थोडक्स चिया लगायत हस्तकला कृषि यन्त्र, बैक तथा वित्तिय संस्थाका सेवामुलक उद्योगका स्टलहरु रहने बताए । त्यसैगरी हेलिकप्टरबाट विराटनगर अवलोकन र पाचिभरा दर्शन, हात्तीको सवारी, बालबालिकाका लागि फन पार्क, नेपाली सेनाको सर्पदंश, ट्राफिक सचेतना, रोजगार सूचना केन्द्रको व्यवस्था, भ्रमण वर्षको प्रवद्र्धनका साथै अष्ट्रिच लगायत ६० प्रजातिका चरा पनि मेलामा राखिने जनाईएको छ । हेलिकप्टरबाट पाथिभराका लागि जम्मा ४५ हजार र विराटनगरका लागि ७ हजार रुपैँया शुल्क लाग्ने उनले बताए ।

Advertisement

मेलामा बेलुका ५ बजेदेखि ८ बजेसम्म विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतीका साथै सांस्कृतिक कार्यक्रम गरिने छ । हालसम्म आस्था राउत, प्रमोद खरेल, सुगम पोखरेल, इन्दिरा जोशी,एडिन प्रधान आउने पक्का भईसकेको दुलालले जानकारी दिए । प्रदेश १, प्रदेश २ र भारतको बिहारबाटसमेत दर्शकको उपस्थिती रहने सो मेलामा ३ लाख बढीले अवलोकन गर्ने र १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । मेलामा जेष्ठ नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई २५ रुपैँया प्रवेश शुल्क लिईनेछ भने अन्य लाई ५० रुपैँया लाग्ने जनाईएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top