४ फागुन, काठमाडौं ।
चीनले कोरोना भाइरसको नयाँ संक्रमण घट्दो दरमा रहेको बताएको छ । हिजो र अस्ति घट्दो अवस्थामा रहेको नयाँ संक्रमणको दर लगातार तेस्रो दिन पनि घटेको जनाईएको हो ।
चीनका विदेशमन्त्री वाङ यीले संक्रमणको घट्दो दरले समग्रमा संक्रमण नियन्त्रण गर्न सकिने अवस्थामा रहेको बताए । संक्रमण रोकथाम र पूर्ण नियन्त्रणका लागि चीनले चालेको कदम सायदै अरु मुलुकले गर्न सक्ने उनको भनाई छ ।
चीनमा हालसम्म ६८ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या बढेर १६ सय ६५ पुगेको छ ।
चीन बाहिर करिब ३० देशमा ५ सय जना भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एकरएक जनाको मृत्यु भएको छ ।