७ फागुन, काठमाडौं ।
कोभिड–१९ (कोरोना भाइरस)बाट चीनमा दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
कोरोनाबाट गम्भीर संक्रमित मध्ये १२ प्रतिशतको मृत्यु भएको छ भने ८८ प्रतिशतले भने स्वास्थ्य लाभ गरेका छन् । मृत्यु हुनेमध्ये ६ जना बाहेक सबैको मृत्यु चीनमा भएको हो । चीनको मुख्यभूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एक/एक जनाको मृत्यु भएको हो ।
चीनको वुहानबाट फैलिएको यो भाइरसबाट १६ हजार ७३१ जना गम्भीर संक्रमणमा परेका थिए । सबै देशमा गरेर अहिलेसम्म ७५ हजार २१६ मा कोरोनाको संकेत देखा परेको छ । जसमध्ये करिब १५ हजार निको भइसकेको जनाईएको छ ।