इलाम, चैत ६
इलाममा चियाको पहिलो टिपाई (फस्ट फ्लस) शुरु भएको छ । गत कात्तिकदेखि पलाउन छोडेको चिया पुन पलाउन थालेसँगै चिया टिपाई शुरु भएको हो ।
यससँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारी थालेका छन् । केहि समय फुर्सद भएका चिया तथा कारखाना मजदुरको समेत अव ब्यस्तता वढेको छ ।
पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच वढाउन समेत छिट्टै टिपाई थालिएको हो । यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।
अघिल्लो बर्ष चैत अन्तिमबाट मात्रै पत्ति टिपाई सुरु भएपनि यो बर्ष चैतको पहिलो साताबाटै मुना चिया टिपाई शुरु भएको किसानहरुको भनाई छ ।
जिल्लाका लेकाली क्षेत्रमा अझै पुर्ण रुपमा चिया नपलाए पनि मध्यम र तातो बढेका क्षेत्रहरुमा चिया टिप्न सुरु गरिएको हो ।
पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने किसानहरुको भनाई छ । यस वर्ष छिटो पानी परेकाले यहाँका चिया किसानहरुमा खुसी समेत छाएको छ ।