एजेन्सी, फागुन ८
जर्मनीका २ बारमा बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् । जर्मनको पश्चिम सहर हनाउका २ बारमा स्थानीय समयानुसार गएराति १० बजे घटना भएको हो ।
सुरुमा हनाउस्थित सिसा बारमा गोली चलेको थियो । त्यहाँ ३ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बीबीसी समाचारमा उल्लेख भएअनुसार त्यसपछि बन्दुकधारी हनाउनकै केसेल्सटाटस्थित अर्को बार पुगेका थिए । त्यहाँ बन्दुकधारीको गोली लालगेर ५ जनाको मृत्यु भएको थियो ।
हाल दुवै क्षेत्रमा हेलिकप्टरबाट गस्ती भइरहेको छ । घटना कसले र किन गरायो भन्ने भन्ने खुलेको छैन । घटनामा संलग्नले छाडेका केही प्रमाणका आधारमा जर्मनस्थित प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।
