सेक्युरिटी प्रिन्टिङका विषयमा संसदीय समितिलाई झुट्टा विवरण दिएपछि सांसद रुष्ट

७ फागुन ७६, बिहीबार

८ फागुन, काठमाडौँ ।
सांसदहरुले सेक्युरिटी प्रिन्टिङ स्थापना सम्बन्धमा झुट्टा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ स्थापनाका सम्बन्धमा संञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीसंगको छलफलका क्रममा सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिलाई झुटो विवरण दिएर उम्कने गल्ती नगर्न संचार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीलाई चेतावनी दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले गरेको प्रस्ताव आव्हान तथा त्यसका प्राविधिक पक्षका सम्बन्धमा मन्त्रालयका सचिव दिपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको जवाफ गोलमोटल र स्पष्ट नभएपछि सांसदहरुले गलत जवाफ नदिन सचेत गराएका हुन् ।

सांसद विरोध खतिवडाले फ्रान्स र जर्मनीमा मन्त्रालयका तर्फबाट पटक पटक भएको भ्रमणको खर्च कसले व्यहोर गरेको भनी गरेको प्रश्नमा मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले सबै नेपाल सरकारको तर्फबाट भएको जवाफ दिएका थिए । पछि सांसद खतिवडाले ‘सम्बन्धित कम्पनिले टिकट खर्च व्यहोरेको फेला पर्यो भने’ के हुन्छ भनी प्रश्न गरेपछि सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले “जर्मनी जाँदा नेपाल सरकारले खर्च आफै व्यहोरेको र फ्रान्समा जाँदा आफ्नो टिकट फ्रान्स सरकारले व्यहोरेको बताएका थिए ।

पौडेलले आफ्नो भनाई छिनमै बदलेपछि सांसदहरुले सबै भ्रमणको सही विवरण बुझाउन सचेत गराएका थिए । सांसद डाक्टर मिनेन्द्र रिजालले चेतावनी दिदै भने “ तपाईले यहाँ बोल्या कुरा झुटा भयो, प्रमाणभन्दा बाहिर गयो भने संसदको विशेषाधिकार आकर्षित हुन्छ । संसदको विशेषधिकार आकर्षित भयो र संसदको अपहेलना हुने भो भने दण्ड सँजाय, कैद सम्म गर्न सकिने हुन्छ । त्यसैले म सचेत तुल्याउन चाहन्छु । यो विषय गम्भीर हो । गम्भीर अनियमितता भएको छ भन्ने आमधारणा छ । हाम्लाई पनि शंका लागेको छ । प्रश्न गर्ने क्रम सकिएको छैन । त्यसैले जवाफ दिने बेलामा होस पुर्याएर कुरा गर्दैछु, यसलाई मैले मिस लिड गर्नुहुदैन झुटा गर्नुहुदैन प्रमाण भन्दा बाहिर गएर बोल्नु हुदैन भन्ने कुरा ध्यानमा राखेर जवाफ दिनुहोला । आउने दिनमा पनि सो सोचेर जवाफ तयार पारेर आउनुहोला ।”

सांसदहरु धर्मशिला चापागाई , राजेन्द्र प्रसाद केसी लगायतले सरकारी दुवै कम्पनी पुर्णरुपमा सरकारी स्वामित्वको भनिएको तर वास्तविकता त्यस्तो नभएको झुटा विवरण पेश नगर्न सचेत गराए । सांसद इस्तियाक राईले भने “मैले पनि मन्त्रालय चलाएकै हो । कुनै पनि इन्जिनियरले दररेट भन्दा फरक ल्याउँछ भने किन र के का लागि ल्याएको भनी प्रष्ट हामीले ब्रिफिङ लिएर मात्रै प्रक्रिया अगाडि बढाउँछौ तसर्थ तपाई पन्छिन मिल्दैन ।”

सांसद इस्तियाक राईले ‘भवन निर्माणका लागि प्रतिवर्गमिटर ६ हजर खर्च आउँछ तर ३४ हजार लागत राखिएको छ किन ? कि बमले हान्दा पनि नफुट्ने भवन हो’ भनी प्रश्न गर्दा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले इन्जिनियरलाई सोध्नुपर्ने आफुलाई थाहा नभएको जवाफ दिएपछि सांसदहरु आक्रोशित बनेका थिए । पदिय रुपमा सबै कामको जवाफदेही हुनुको साथै जिम्मेवारी लिनुपर्ने भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै निर्देशक पौडेललाई सचेत तुल्याएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top