सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्रीको संलग्नतामाथि प्रश्न उठ्यो

८ फागुन, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरको संवाद बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि कांग्रेसले यस्तो धारणा दिएको हो ।

Advertisement

संसदभवन बाहिर नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्रीको बास्कोटाको राजीनामाले मात्रै नहुने उल्लेख गर्दै यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेला सम्म देश आश्वस्त नुहने बताए । प्रधानमन्त्रीले बिहीबार सार्वजनिक भएको अडियो एक महिना अगाडी नै सुन्नुभएको कुरा बाहिर आएको उल्लेख गर्दै थापाले भन्नुभयो, ‘अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बास्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दै भनेर दिएको अभिव्यक्ति के हो ?’ थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीहरुका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्दै ? प्रश्न गरे ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले यस्ता गम्भिर विषयमा संसदमा छलफल गरेर टुंग्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए । सत्तापक्षले छलफल गर्न नचाहाने र प्रतिपक्ष अल्छि भएर जे कुरामा पनि संसद अवरुद्ध गर्ने राम्रो नभएको भन्र्दै उनले संसदमा गम्भिर छलफल गरेर समाधान गर्नेतिर जानुपर्ने बताए । उनले सत्ता वरिपरिकै मानिसहरुले लाभ लिने गरी भ्रष्टाचार मौलाएको बताए ।

Advertisement

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले बास्कोटाको राजीनामा तर्फ संकेत गर्दै प्रधानमन्त्री र सत्तारुढ दलले देखाएका दतारुकता देशसामू प्रष्ट भएको प्रतिक्रिया दिए । यो भन्दा पहिलेका प्रधानमन्त्री र सरकारले यति प्रष्टताका साथ निर्णय गरेका उदाहरण कमै रहेको उनले बताए ।

पूर्व, कानून न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका सांसद शेरबहादुर तामाङले यस्ता कुराले नेपालको शासन प्रकृया र स्वरुपमा प्रश्न चिह्न खडा गरेको बताए । नेता, नेतृत्व र जननिर्वाचित व्यक्तिले जनताको मतप्रति वफादारिता देखाउनुभन्दा निर्वाचनमा लागेको खर्चप्रति बफादार हुने प्रवृति बढेको बताए । आफु मन्त्री हुँदा कमिसन कानून बनाएर कमिसनबाट उठ्ने रकमलाई राज्यको खातामा हाल्नुपर्ने कानून ल्याउन खोजेपनि सम्भव नभएको बताए । फेरी पनि सरकारले कमिसन कानून लिएर आउनुपर्ने माग उनको थियो ।

Advertisement

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले एजेन्टसँग कमिसनका विषयमा मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपनि पदबाट राजीनामा दिएका छन । उनले आफुमाथि प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top