दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कमिसनले बितायो)
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ७० करोड कमिसन मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाद्वारा पदबाट राजीनामा/ नैतिकताको आधारमा राजीनामा दिएको भनाई ।

२.(कमिसनको असर)
गोकुल बास्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको भन्दै प्रतिनिधिसभा बैठकमा सभामुखले नियमित कारवाही अगाडी बढाउन आग्रह गरेपनि कांग्रेस सांसदहरुद्वारा विरोध/ कारवाही नगरेसम्म संसद बैठक चल्न नदिने काग्रेसको अडान

३.(प्रतिपक्षीलाई मसला)
घुसकाण्डमा मुछिएका बास्कोटामाथि छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध /प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग /बास्कोटाले कर्मचारीलाई प्रयोग गरेको अश्लील शब्दप्रति निजामति कर्मचारी संघको पनि विरोध ।

४.(कडा प्रधानमन्त्री)
भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने /जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटका लागि नभएको उल्लेख ।

५.(एमसीसीको प्रतिक्षा)
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने /अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा टुंगो लाग्ने भीम रावलको भनाई ।

६.(प्रिन्टिङको वहस)
सेक्युरिटी प्रिन्टिङ स्थापना सम्बन्धमा झुट्टा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्ने काम नगर्न सांसदहरुद्वारा सरकारलाई चेतावनी / प्रिन्टिङकाको प्रस्ताव आव्हान तथा मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रको जवाफ गोलमोटल भएको जिकिर ।

७.(सामाजिक सञ्जालले सतायो)
सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणलाई लिएर सामाजिक सञ्जालमा लेखासमितिको विश्वसनियतामाथि आक्रमण भएको भन्दै सदस्यहरुद्वारा छानविनको माग /सामाजिक सञ्जालमा आफुहरुको चरित्र हत्या गरिएको भन्दै त्यस्ता प्रयोगकर्तालाई छानविनको दायरामा ल्याउन माग ।

८.(….सको बाटो देखो)
सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न सरकारलाई संसदीय समितिको निर्देशन /विषयवस्तुको गम्भीरतालाई महसुस गर्दै थप अध्ययन गरि निर्णयमा पुग्न उचित देखिएको बैठकको निष्कर्ष ।

९.(सेनाको प्रशंसा)
सरकार, नेपाली सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाई /राष्ट्रिय सुरक्षाका लागि सबै पक्षको सोच र धारणा समान हुनुपर्नेमा जोड

१०.(क्याम्पसमै बलात्कृत)
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक २९ वर्षीया छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत /२१ वर्षीय लोकेश ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुव्र्यवहार गरेको पीडितको जाहेरीपछि ढकाल पक्राउ ।

११.(दुर्घटनापछि तनाव)
गाडीको ठक्करबाट सडक छेउमा हिँडिरहेका राजु बोहराको मृत्युपछिसुर्खेतको छिन्चु बजार दुई दिनदेखि तनावग्रस्त /क्षतिपुर्तिको माग गर्दै आन्दोलित भएकाहरुमाथि प्रहरकिो झडपमा पाँच जना घाइते ।

१२.(प्रविधिउन्मुख विमानस्थल)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा/विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने ।

१३.(तीर्थमा मृत्यु)
३४ जना नेपाली तीर्थयात्री बोकेको बस भारतको तमिलनाडुमा दुर्घटना हुँदा ६ जनाको मृत्यु /२१ जना घाइते /बसलाई मोड्न खोज्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिँदा दुर्घटना ।

१४.(नेपालको स्थान)
विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल एक सय ७० औं स्थानमा यथावत/दक्षिण एसियामा नेपाल चौथो स्थानमा /विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम ।

र,
१५.(कोभिडको कहर)
जापानमा क्वारेन्टाइनमा राखिएको क्रुज सिपका दुई यात्रुको कोभिड–१९ भाइरसका कारण मृत्यु /सिपमा रहेका ३७ सयजनामध्ये ६२१ मा संक्रमण भएको पुष्टि /दक्षिण कोरियामा ३५ जनामा संक्रमण देखिएपछि २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top