×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शान्ति सुरक्षा चुस्त राख्न गृहसचिवको निर्देशन

८ फाल्गुन २०७६

८ फागुन, काठमाडौँ । 

हसचिव महेश्वर न्यौपानेले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

Advertisement
Advertisement

प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट आज सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै गृहसचिव न्यौपानेले सबै प्रदेशका शान्ति सुरक्षाको अवस्था दुरुस्त राखी जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन निर्देशन दिए ।

प्रदेशका प्रहरी प्रमुखलाई सम्बोधनलगत्तै प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानसमेतलाई उनले शान्ति सुरक्षा अमनचयन कायम गर्ने कामका कुनै सम्झौता नगर्न निर्देशन दिए । आतकङ्वाद एवं विध्वंसात्मक गतिविधि तथा अपराध नियन्त्रणमा क्रियाशील रहन उनले आग्रह गरे ।

प्रहरी कर्मचारीले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिविम्ब प्रस्तुत हुने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भने, ‘हाम्रो व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्ने तरिकाजस्ता कुरामा थप मर्यादित, सभ्य र सुसंस्कृत हुनु आवश्यक छ ।’ उनले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको आवश्यक सहयोग रहने बताए ।

Advertisement

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई सम्पादन गर्न प्रहरी कटिबद्ध रहेको बताए । प्रहरी महानिरीक्षक ज्ञवालीले सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सफल बनाउन प्रहरी अझ क्रियाशील, निर्भिक र कर्तव्य पालनामा समर्पित रहेको उल्लेख गर्दै प्रहरी सङ्गठनलाई उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।रासस

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top