काठमाडौं, चैत ७
एएफसी एसियन कप फुटबल छनौट प्रतियोगिताअन्तर्गत यमनसँगको खेलको लागि २० सदस्यीय अन्तिम टिमको घोषणा गरिएको छ । आउँदो आज कतारमा हुने खेलका लागि गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेको नाम घोषणा गरिएको छ ।
यस्तै डिफेन्डरमा विराज महर्जन, रेजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ र दिनेश राजवंशी टिममा परेका छन् । मिडफिल्डमा भने विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनिल बल र अञ्जन विष्टको नाम टुंगो लागेको छ ।
नेपालीको टोलीको फरवार्ड भने विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र सुमन लामा रहेका छन् । नेपाल भने प्रतियोगिताबाट बाहिरिसकेको छ । फिलिपिन्स, यमन र ताजकिस्तानसहित समूह एफमा रहेको नेपाल २ अंकसहित तालिकाको पुछारमा छ ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्योतोकु कोजी, प्रशिक्षकमा राजुकाजी श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा उज्जवल मानन्धर रहेका छन् ।