रिजालले रतुवामाईमा भ्रमको खेति गरेको आरोप

किशोर विश्वकर्मा
विराटनगर, चैत ७
मोरङ क्षेत्र नं. २ का प्रतिनिभिसभा सदस्य डा. मिरेन्द्र रिजालले रतुवामाई स्थित जिपि मार्ग सडक शिलन्यास गरेर जनतामा भ्रमको खेति गर्न खोजेको आरोप लगाइएको छ ।

रतुवामाई–५ गोविन्दपुरको चटपटे चोक देखी आईतबारे सडक कालोपत्रे गरिने भन्दै रिजालले सडक शिलन्यास गरेपछी उनलाई जनतामा भ्रमको खेतिगर्न खोजोको आरोप लगाइएको हो ।

उक्त क्षेत्रका पूर्व सांसद तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऋषिकेश पोखरेलले रतुवामाई नगरपालिकाका मेयर रवीन राईले सुनियोजित रुपमा प्रतिनिधिसभा सदस्य रिजाललाई बोलाएर सडक शिलन्यास गराएको दावी गरे ।

Advertisement

उनले प्रतिनिधिसभा सदस्य रिजालले सडक शिलन्यास गरेर जनतामा कालोपत्रे सडक आफुले छनौट गरेको योजना भनि जस लिन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

त्यस्तै मोरङ क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य गणेश उप्रेती ‘शुशिल’ ले जिपि मार्ग आर्थिक वर्ष २०७२÷७३ को योजना रहेको र उक्त क्षेत्रका पूर्व सांसद ऋषिकेश पोखरेललेनै सडक सर्वेको काम समेत गराएको भन्दै सडक निर्माण कार्य संघिय, प्रदेश वा स्थानिय सरकार मध्ये कस्ले गर्ने भन्ने विवाद रहेकाले सडक डिभिजन कार्यालयले समेत पत्तै नपाई एक्कासि शिलन्यास गरिएकोमा आपत्ती जनाए ।

Advertisement

उनले भने ‘ जिपि मार्ग आर्थिक वर्ष २०७२÷०७३ सालकै योजना हो । सडक कुन सरकारले गर्ने भन्ने समेत टुंगो लागेको छैन । फेरी सडक डिभिजन कार्यालयलाई समेत कुनै जानकारी रहेनछ । सडक बन्नु एकदमै राम्रो कुरा हो । तर, सडक कस्ले निर्माण गर्ने भन्ने टुंगो नलागि शिलन्यास गरेर जनतामा जुन किसिमको भ्रम सृजना गरिएको छ त्यो आपत्तिजनक छ ।’ नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य समेत रहेका नेता उप्रेतीले रिजालले चोरबाटो प्रयोग गरि सडक शिलन्यास गरेको आरोप समेत लगाए ।

उता सडक डिभिजन कार्यालय विराटनगरलाई सडक शिलन्यास गरिएको पत्तै नभएको पाईएको छ । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख जितन्द्रकुमार चौधरीले सडक शिलन्यासबारे आफुलाई कुनै जानकारी नआएको बताए । उनले सडक निर्माणको सर्वे तथा सम्पूर्णकार्य आफ्नै कार्यालयमार्फत हुने भएपनि कार्यालयलाई शिलन्यासबारे जानकारी नभएको प्रतिकृया दिए ।

त्यस्तै उक्त सडक हेर्ने डिभिजन कार्यालयका इन्जीनियर दिपक झाले पनि सडकको शिलन्यासबारे आफुले कुनै जानकारी नपाएको बताए । उनले उक्त सडक निर्माण तथा कार्यप्रगति आफुले हेर्ने बताउँदै सडक शिलन्यासबारे जानकारी नभएको बताए ।

यता रतुवामाई नगरपालिकाका मेयर रवीन राईले मंगलबार सडक शिलन्यास गरेर बुधबारदेखी सडक डिभिजन कार्यालयकै इन्जीनियहरुले सर्बेको काम अघि बढाएको दावी गरेका छन् । उनले भने ‘खै इन्जीनियरको नाममा म कन्फ्यूजनछु तर डिभिजन कार्यालयकै देव थरका इन्जीनियरको संलग्नतामा सर्वेको काम भइरहेको छ ।’

मेयर राइले उत्त सडक त्रिवर्षिय योजना रहेको बताए । उनले सडक निर्माणको ठेक्का रौता आर.के जेभीले पाएको बताए । रिजालले मंगलबार मात्र एक क्रर्यक्रमका बिच उक्त मार्गको शिलन्यास गरेका थिए ।

उक्त जिपि मार्ग नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ मा स्वीकृत गरेको थियो । उक्त सडकको यसअघिनै फिल्ड सर्वे भइसकेको र आर्थिक वर्ष २०७३÷७४ को बजेट मार्फत रकम निकासा भई करीब ७ महिना अघिनै सडक डिभिजन कार्यालयले रौता आर.के जेभीलाई ठेक्का दिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उक्त सडक मार्गको योजना तत्कालिन सांसद ऋषिकेश पोखरेलले छनौट गरेका थिए । पोखरेलले छनौट गरेको अर्को सडक मदन मार्ग घर्रु चोक देखी झुर्किया सम्म कालोपत्रे भइसकेको छ ।

Advertisement

भर्खरको समाचार

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top