×

NEPAL TIMES UPDATES

Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026
Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026

कोरोना भाइरसविरुद्धको भ्याक्सिन यसै साता जनावरमा परीक्षण गरिने

११ फाल्गुन २०७६

११ फागुन, एजेन्सी । अस्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साता जनावरमा परीक्षण गरिने भएको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेको हो ।

विश्वमा महामारीका रुपमा फैलिरहेको भाइरसको अहिलेसम्म उपचार फेला परिनसकेको अवस्थामा अस्ट्रेलियाका वैज्ञानिकले विकास गरेको यो भ्याक्सिन परीक्षण सफल भए ठूलो उपलब्धि हुने युनिभर्सिटी अफ क्विन्सल्यान्डले जनाएको छ।

Advertisement

मुख्य अनुसन्धानकर्ता तथा विश्वविद्यालयको रसायनशास्त्र तथा मोलेक्युलर बायोसाइन्सका प्रमुख पउल योङ्गले २० जना वैज्ञानिकको टोलीले यस काममा अहोरात्र खटेपछि सफलता हात लागेको बताएको छ ।

उनले आफूहरुले निर्माण गरेको भ्याक्सिन यस रोगविरुद्ध विश्वकै पहिलो भएको दाबी गर्न नसकिने पनि यो अभूतपूर्व सफलता भएको सञ्चारमाध्यमलाई बताएका छन्।

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरस संक्रमित व्यक्तिबाट नमुना संकलन गरेर करिब एक महिना अघि कृत्रिम भाइरसको सृजना गरेका थिए। अनुसन्धानकर्ताहरुले पहिलो चरणको ‘प्रि क्लिनिकल ट्रायल’ जनावरमा परिक्षण सम्पन्न गरेपछि यस वर्षको मध्यसम्ममा मानिसहरुमा परिक्षण गर्ने लक्ष्य राखेका छन्। यद्यपि भ्याक्सिनको पूर्णरुपमा विकास गर्न १२ देखि १८ महिनासम्म लाग्नसक्ने उनीहरुले बताएका छन् ।

जनावरमा सफल रुपमा भ्याक्सिनको परीक्षण सम्पन्न भएपछि उनीहरुले यसको विस्तृत परिक्षणका लागि अस्ट्रेलियाली बैज्ञानिक निकाय सिएसआइआरओमा पठाउनेछन्। यहाँ विकास गरिएको यो भ्याक्सिनको कार्यक्रमलाई विश्वमा महामारीका रुपमा फैलिन सक्ने सरुवा रोगको रोकथाममा काम गरिरहेको विश्वव्यापी संस्था कोअलिसन फर इपिडेमिक प्रिपियडनेस इन्नोभेसन (सिइपिआई) ले सहयोग पुर्‍याएको जनाइएको छ।

स्थानीय समाचारसंस्था सिड्नी मर्निङ्ग हेराल्डले मेलबर्नमा रहेको ल्याबमा परिक्षणका लागि आवश्यक पर्ने मात्राहरुको उत्पादन सुरु गरिसकिएको जनाएको छ। भ्याक्सिन पहिला कति सुरक्षित छ भनेर जनावरमा जाँच गरिनेछ भने त्यसपछि यसको प्रभावकारिताका बारेमा अर्को परीक्षण हुनेछ। यदि यो नयाँ विकसित भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको खण्डमा मानिसहरुमा परीक्षण सुरु हुनेछ।

चीनबाट सुरु भएको यो भाइरसका कारण अहिलेसम्म संसारभरका करिब ७८ हजार संक्रमित भएका छन भने करिब २ हजार ४ सयले ज्यान गुमाइसकेका छन्। अस्ट्रेलियामा मात्र यस भाइरसबाट २१ जना संक्रमित भएको पाइएको छ।

भर्खरको समाचार

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top