सामूहिक बलात्कार घटनाका दोषी १४ वर्षपछि पक्राउ

१० फागुन ७६, आइतबार

११ फागुन, विराटनगर । मोरङको पथरी शनिश्चरेको भुटानी शरणार्थी शिविरमा पाहुना आएकी एक किशोरीलाई सामूहिक बलात्कार गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षअघिको सामूहिक बलात्कार घटनामा अदालतबाट दोषी ठहर भएका पथरी शनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय सूर्य विश्वकर्मालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । विश्वकर्मासहित पथरी शनिश्चरे-१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले एक किशोरीलाई २०६२ असार ११ गते तीन दिन बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए ।

घटना पश्चात किशोरीले जाहेरी दिइन् । तर जिल्ला अदालत मोरङको २०६९ साल पुस २४ गतेको फैसलाले उनीहरुलाई सफाइ दियो । त्यसपश्चात मुद्दा पुनरावेदन अदालत विराटनगरमा पुग्यो ।

पुनरावेदन अदालतले भने २०१७ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिमाना सजाय सुनायो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पथरी शनिश्चरेको भुटानी शरणार्थी शिविरमा पाहुना आएकी किशोरीमाथि तीन दिनसम्म थुनेर बलात्कार भएको थियो । प्रहरीमा जाहेरी परेलगत्तै तीनै जना फरार थिए ।

घटनापछि विश्वकर्मा परिवारसहित धरानमा बसेको पाइएको डीएसपी गिरीले बताए । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा बुझाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top