×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

११ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्रीविरुद्ध उजुरी)
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासहित ४ जनाविरूद्ध अख्तियारमा उजुरी/सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु उपग्रह खरिद लगायतमा अर्बौ भ्रष्टाचार गरेको दाबीसहित उजुरी ।

Advertisement
Advertisement

२.(खतिवडालाई थप जिम्मेवारी)
अर्थमन्त्री युवराज खतिवडाद्वारा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा मन्त्री पदभार ग्रहण /सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर नपु¥याउन पनि आग्रह ।

३.(आफनै हात जगन्नाथ)
संविधान संशोधन गर्न सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा नेकपाद्वारा तीन सदस्यीय कार्यदल गठन/राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान संशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई ।

४.(सत्ता मोह)
निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान सुरु गरेको सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई /प्रदेश नम्बर २ को सरकारमा सहभागि हुन राजपा र समाजवादीसँग कुराकानी अगाडी बढेको उल्लेख ।

५.(गृहमन्त्रीको दावी)
देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको गृह मन्त्री रामबहादुर थापाको भनाई / विगतमा जस्तो अस्थिरता, अराजकता र अशान्तिको अवस्था नरहेको भन्दै गृह मन्त्रालय जनताको जीउ धनको सुरक्षामा प्रतिवद्ध रहेको उल्लेख ।

६.(छाया मन्त्रिमण्डल)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिमण्डलको पहिलो बैठकमा वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा/मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु भएका कुराहरुको अध्ययन गर्न सम्बन्धित छाया मन्त्रीहरुलाई निर्देशन ।

७.(महतको बुझाई)
सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भिर छानबिन हुनुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाई /पूर्वसञ्चारमन्त्री बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख/ एमसीसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त ।

८.(अमेरिकी अडान)
एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अमेरिकाको अडान /सहायक सम्झौता नेपाली कानुनविपरीत भए सच्याउन ‘लेटर अफ एक्सचेन्ज’ हुने गरी प्रक्रिया अघि बढ्ने नेपाली उच्च अधिकारीको भनाइ ।

९.(बीमाको भर)
बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई / बीमा कम्पनीहरुलाई ठूल्ठूला ग्राहक खोज्ने र सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्न आग्रह ।

१०.(कोरोनाको असर नेपालमा)
दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण बढेपछि इपिएसमार्फत जाने ४० नेपाली कामदारको उडान स्थगित / कोरियामा रहेका झन्डै ४० हजार नेपाली कामदारलाई सावधानी अपनाउन कोरियास्थित नेपाली दुतावासको अपील ।

११.(अपराध करायो)
मोरङको पथरीमा पाहुना आएकी एक किशोरीलाई सामूहिक बलात्कार गरी फरार भएका ३६ वर्षीय सूर्य विश्वकर्मा १४ वर्षपछि पक्राउ / पथरीको शरणार्थी शिविरमा पाहुना आएकी किशोरीमाथि तीन दिनसम्म थुनेर बलात्कार घटनाका दोषी विश्वकर्मालाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझायो ।

१२.(महिनावारी कार्यशाला)
नेपालमा आगामी जेठमा पहिलोपटक मर्यादित महिनावारी कार्यशाला गोष्ठि हुने/ महिनावारीका सम्बन्धमा भए/गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठिमा २० देशका अभियानकर्मी सहभागि हुने ।

१३.(शेयरमा रेकर्ड)
बजारमा लगानीकर्ताले शेयर खरिदचाप बढाउँदा आइतबार शेयर बजारमा नयाँ रेकर्ड कायम /नेप्से परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा पुग्दै साढे ३ अर्ब भन्दा बढीको कारोबार ।

१४.(क्रिकेटरमा खुशी)
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधामा खेलाडीहरुलाई सम्मान गर्ने /वर्ष क्रिकेट खेलाडी तर्फ १ लाख ३१ हजार पुरस्कार राशी र अन्य तीन विधामा समान ६६ हजार पुरस्कार दिइने ।

Advertisement

र,
१५.(टर्कीमा भूकम्प)
इरानसँग सिमा जोडिएको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण सात जनाको मृत्यु / पाँच जना घाइते / भूकम्पको असर इरानमा पनि पर्याे ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top