नागढुङ्गाबाट खैरोहिरोइनसहित एक युवती पक्राउ

नागढुङ्गाबाट खैरोहिरोइनसहित एक युवती पक्राउ

१२ फागुन, काठमाडौं । नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४ दशमलव २६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिवसताक्षी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारबाही गरिने प्रहरीले जनाएको छ। (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.