जनयुद्धमा घाइते र अपाङ्गता भएकाहरुलाई सीप सिकाउन सिटिइभिटीलाई शिक्षामन्त्रीको निर्देशन

११ फागुन ७६, सोमबार

१२ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन् ।

सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन् । उनले सिटिइभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिए ।

सिटिइभिटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उनले बताए । सिटिइभिटीको पुरानो परिचय बदलेर अगाडी बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसमा आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

Advertisement

अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपालाई सँगै अगाडी बढाउनुपर्ने अवश्यकता औंल्याए ।

सिटिइभिटी उच्चस्तरिय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उनले सधै सिएमए र अनमी उत्पादन गर्न नसकिने बताए । सिटिइभिटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top