विराटनगरमा सडकको धुलो सफा गर्दै छ ब्रुमर

१२ फागुन ७६, सोमबार

१२ फागुन, विराटनगर ।
विराटनगर महानगरपालिकाले सडककिनारमा जमेको धुलो सफा गर्ने ब्रुमर गाडी प्रयोगमा ल्याएको छ।

Advertisement

२०७५ असोजमा ५५ लाख रुपैयाँ तिरेर भित्राएको ब्रुमर महानगरले सोमबार विराटनगरको पुष्पलाल चौक सडकखण्डको सफाइ गराउदै प्रयोग सुरु गरेको हो।

सोमबार विहान महानगर प्रमुख भीम पराजुलीले सडक निर्माण भइरहेको अवस्थामा ब्रुमरको काम नहुने र अब सडकहरुको निर्माण कार्य सम्पन्न भइरहदाँ यसलाई प्रयोगमा ल्याउन आवश्यकता भएको बताए।

Advertisement

उनले भने, ‘ब्रुमरको सही रुपमा अब काम हुनेछ। निर्माण भएका कालोपत्रे सडकमा धुलो सफा गर्ने काममा यसलाई अधिकतम प्रयोग गरिनेछ।’

सरसफाई महानगरको प्राथमिकतामा रहेको बताएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले विगत एकमहिना देखि महानगरका विभिन्न स्थानमा सरसफाई गरिरहेको जानकारी दिए। त्यसैगरि, उनले निर्माण भइसकेका सडकबाट धुलो हटाउन ब्रुमर परिचालन गर्ने बताए।

Advertisement

दक्ष प्राविधिकको अभावमा ब्रुमर महानगरमा त्यसै थन्किएको थियो। ब्रुमर खरिद गरिएको कम्पनीबाटै प्राविधिक ल्याई यहाँका कर्मचारीलाई तालिम दिइएको छ।  हालसम्म महानगरभित्र करिब १ सय ५० किलोमिटर कालोपत्रे सडक तयार भएको महानगरले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top