सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएः प्रधानमन्त्री

१२ फागुन, पोखरा ।
प्रधानमन्त्री केपीशर्मा ओलीले जनतामाभ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परेको बताएका छन् । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरिय प्रशिक्षण भेलालाई सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले यस्तो बताएका हुन् ।

‘संसदमा हामी छलफलका लागिविधेयक प्रस्तुत गर्छौं छलफल गर्न संसदमा त छन नीविरोधीहरु, विपक्षिहरु त्यहाँ छलफल गरे हुन्छ नी’, उनले भने । संसदमापनिपर्याप्त कुरा नै नभएजस्तो गरी जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन ‘रियाक्सनल इलिमेन्टहरु’ थुप्रै रहेको बताए । उनले भने, ‘जनतामाभ्रम छर्न, सरकारलाई आलोकप्रिय बनाउन र यस्ता कुराहरुलाई साथदिने, सहयोग गर्ने रियाक्सनल इलिमेन्टेस थुप्रै छन्, जसले यस्ता कुराहरुलाई मद्दत गरेका छन, बोकेका छन, उठाएका छन्, र सहयोग गरेका छन, कराएका छन, हिंडेका छन् ।’

देशलाई आवश्यक पर्ने र जनताले पत्याउने सहि नीतिहरु नभइ विगतमा बलिदानपूर्ण संघर्ष गरेका थियौँ भनेर मात्रै जनसमर्थन प्राप्त नहुने प्रधानमन्त्री ओलीले बताए । उनले सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएको समेत बताए । सरकारले दुरगामी महत्वका साथ असाधारण कामहरु गर्न थालेको उल्लेख गर्दै ओलीले तत्कालिन अवस्थामा पनि समाजलाई आवश्यक रहेको नीति, कार्यक्रमतथा योजनाहरु अगाडी बढाइएको बताए । उनले पार्टी र देशको निर्माण भबितव्यले नबन्ने समेत बताए । निर्वाचनमा भवितव्यले जनताको अभिमत प्राप्त नगरेको ओलीको भनाई छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top