व्यक्तिगत कुरालाई लिएर संविधान संशोधन गर्नु हुँदैन : सुवासचन्द्र नेम्वाङ

१२ फागुन, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरा लिएर संविधान संशोधनको कुरा अगाडी बढाउन नहुने बताएका छन् । शनिबार नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव गरेपछि नेम्वाङले यस्तो बताएका हुन् ।

नेम्वाङपनि तीन सदस्य रहेको कार्यदलमा सदस्य रहनुभएको समाचारमा आएको थियो । संविधान संशोधन जस्तो गम्भिर कुरालाई जिम्मेवारी पूर्वक अगाडी बढाउनुपर्नेमा कुनै व्यक्तिगत कुराका लागि यस्तो प्रस्ताव ल्याउन नहुने उनको भनाई छ । एउटा जिम्मेवार पार्टीले यस्तो निर्णय गर्न नसक्ने नेम्वाङको भनाई छ । उनले भने , ‘‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भिर हो यसलाई जिम्मेवारी पूर्वक अगाडि लैजानु पर्छ । यो एकदमै पारदर्शी हुनुपर्छ र यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ । यो व्यक्तिगत कुरा होइन् । हामीले यो भन्दा अगाडि एउटा समयकालमा अहिले संविधान संशोधन तिर जाने होइन पहिला त संविधान कार्यान्वयन गर्नुप¥यो भनेका थियौं । पछि संघको चुनाव भयो, संघीय संसदको, प्रदेशको चुनाव भयो त्यसपछि हामीले भन्न थाल्यौं अव आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छ । किनभने आधारहरु तयार भयो । तर त्यो आवश्यकता र औचित्य स्थापित भएको हामीले अहिले सम्म ठानेनौं ।’’’

मधेशवादी दलहरुसँग विभिन्न समयमा संविधान संशोधनका विषयमा कुराकानी हुँदा समेत तत्काल संशोधनको औचित्य नभएको बताउँदै आएको अवस्थामा अहिले सचिवालयले यस्तो निर्णय नगरेको विश्वास आफुले गरेको बताए । पार्टीका महासचिव विष्णु पौडेलसँग कार्यदलका विषयमा बुझ्दा उनले सचिवालयमा कुनै निर्णय नभएको जानकारी गराएको समेत नेम्वाङले बताए ।

नेम्वाङले कार्यदलमा सदस्य रहेको विषयमा आफुलाई औपचारिक जानकारी नभएको समेत बताएका छन् । कार्यदल बनेको विश्वास आफुलाई नलागेको उल्लेख गर्दै उनले भने, ‘‘मलाई पार्टीको तर्फबाट कसैले पनि सम्पर्क गरेका छैनन्, जानकारी गराएका छैनन् । यस्तो कार्यदल बन्यो होला भन्नेमा मलाई विश्वास छैन् । पछिल्लो समयमा आएर स्वयं पार्टीका महासचिवले यसबारेमा कुनैपनि निर्णय नभएको जानकारी पनि गराउनुभयो । सचिवालयमा कुरा चाँही आएको हो तर औपचारिक रुपमा यसो गर्ने समझदारी छैन् भन्ने कुराहरु पनि आए जसले अन्यौल बढायो । आज बिहान माधव नेपालसँग पनि कुराकानी भएको थियो । बिहान ११ बजे खिमलाल देवकोटा जी र म दुबै जना उहाँसँग कुराकानी गर्न गयौँ । उहाँ (खिमलाल देवकोटा) ले र मैले आफ्नो कुराहरु राख्यौँ । समग्र सञ्चार माध्यममा आएका कुराहरु सहि हुन भन्ने लाग्दैन् ।’’
नेम्वाङले संविधान संशोधनको कुरा पादर्शी ढंगले अगाडी बढ्नुपर्ने समेत बताउनुभएको छ । देश, जनता र पार्टीका कार्यकर्ताहरुले समेत बुझन्गरी यस्ता कुराहरु अगाडी बढाउनुपर्ने उनले बताए ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top