Nepal Times
Nepal Times
3
Shares

वन जोगाउन उपभोक्तालाई ग्यास चुलो

वन जोगाउन उपभोक्तालाई ग्यास चुलो

सल्यान, चैत ७
वन संरक्षणका लागि दुवेरी चौर सामुदायिक वन समितिले उपभोक्तालाई निःशुल्क ग्यास चुलो वितरण गरेको छ । शिद्ध कुमाख गाँउपालिका–३ ढोरचौरको सो समितिले गरिब, विपन्न, पिछडिएका ११५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो ।

वन समितिका अध्यक्ष चेतकान्त न्यौपानेले उपभोक्ताका घरमा एक थान ग्यास चुलो र एक वटा भरिएको ग्यास सिलिन्डर उपलब्ध गराइएको बताए । “यस अभियानले वन जंगल जोगाउन केही मात्रामा भए पनि भूमिका खेल्ने छ”–अध्यक्ष न्यौपानेले भने ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.