Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय भलिबल प्रतियोगिता चैत २१ देखि

राष्ट्रिय भलिबल प्रतियोगिता चैत २१ देखि

काठमाडौँ, चैत ७
मेलम्ची नगरपालिक र नमुना युथ एक्टिभ गु्रपको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म दोस्रो खुला राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष शिरबाहदुर तामाङले भूकम्प प्रभावित नागरिकलाई मनोरञ्जनसँगै आन्तरिक पर्यटन बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिने बताए ।

करिब १५ टोलीले भाग लिने उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले रु एक लाख बाउन्न हजार दुई सय पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले रु ८२ हजार दुई सय २२ तथा तेस्रो हुने टोलीले रु ५२ हजार दुई सय २२ प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतयोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई रकमसहित मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । राष्ट्रिय भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादन गर्ने बताए । प्रतियोगिता सञ्चालनको लागि करिब रु २० लाख १३ हजार ६६६ लाग्ने अनुमान गरिएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.