×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले आगामी नेतृत्वकालागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

१४ फाल्गुन २०७६

१४ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

अनौपचारिक रुपमा यसअघि नै उम्मेदवारी घोषणा गरेका ढकालले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारी देशमा औद्योगीक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि सरकारसँग लविङ गरेको बताए ।

Advertisement
Advertisement

उनले तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त सबल खम्बाको रुपमा स्थापित गर्न, तिब्र आर्थिक विकास र सुशासन सहितको उत्तरदायि राज्य व्यवस्थामा सघाउन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले सरकारले लिएका करका नीति र कर प्रणालीमा देखिएको दुविधाका कारण भविश्यमा उद्योगी व्यवसायीहरु करको ठूलो मारमा पर्ने बताए । एउटा निकायबाट पार लागेको कर र सम्पत्तिको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने रोग रहेको र त्यसको सही निदान र उपचार हुनुपर्ने मान्यता आफुले राखेको बताए ।

सरकारले लागू गरेको भिसिटिएस र अनिवार्य प्यान नम्बरका कारण साना उद्योग तथा व्यवसायहरु समस्यामा परेको बताए । सम्पत्ति माथि निजी क्षेत्रको हकलाई विश्वासिलो बनाउन, स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर वैदेशिक लगानीलाई आकर्षित गर्न, उद्योग वाणिज्य महासंघ जस्तो संस्थालाई विज्ञ समुहको रुपमा विकास गर्न आफ्नो प्रयास रहने बताए । उनले महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र गतिशिल बनाउनुपर्ने र सरकारसँग नीतिगत छलफल बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ मूल नारा सहित उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग जति धेरै सहकार्य ग¥यो त्यतिनै देशको आर्थिक विकास सम्भव रहेको बताएका छन् । उनले निजी क्षेत्र आर्थिक विकास र रोजगारीका लागि इन्जिन जस्तै भएकाले आफुले महासंघमा रहेर निजी क्षेत्रको हक हितका लागि काम गर्ने प्रतिवद्धता समेत जनाए । उनले उद्योग स्थापनादेखि खारेजीका कार्यमा झण्झटिलो प्रकृयाका कारण लागत बढेको उल्लेख गर्दै त्यसमा आफुले सँधै काम गर्ने बताए ।

Advertisement

उनले भावि अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यवसायीक र गतिशिल समुह बन्ने र उक्त समुहले उद्योग वाणिज्यको क्षेत्रमा सरकारसँग, नीतिगत छलफलको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग समझारी गर्न एक र एक जोडेर २ नभई एक र एक जोडेर ११ बनाउने रिजल्ट आउनेगरी काम गर्ने प्रतिवद्धता समेत जनाए।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top