×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

प्लान क्वरोन्टाइनलाई बाध्यकारी बनाउन संसदीय समितिमा छलफल

१६ फाल्गुन २०७६

१६ फागुन, काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्लान क्वारेन्टाइनलाई व्यवस्थित गरी किसानको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्लान क्वारेन्टाइनको प्रावधानलाई बलियो बनाई किसानहरुको समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो । पछिल्लो समय क्वारेन्टाइन नभएका वस्तुहरु आयात गर्न दवाव बढ्न थालेपछि समितिले मन्त्रालयलाई क्वारेन्टाइनमा कडाई गर्न निर्देशन दिएको हो ।

Advertisement
Advertisement

बैठकमा सांसदहरुले क्वारेन्टाइन सम्बन्धी कानून निर्माण गरेर कडाईका साथ कार्यान्वयनमा जानुपर्ने बताएका छन् । क्वारेन्टाइन चेकजाँच नहुँदा गुणस्तरहिन वस्तुहरु आइरहेको र यसले मानव स्वास्थ्यमा असर पार्ने भएपनि कानून निर्माण गरेर नै अगाडी बढ्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन् ।

कानून निर्माण भएपछि वस्तु आयात गर्न दावाव दिने स्थितिको अन्त्य हुने तर्क सांसदहरुको थियो । सांसद देवप्रसाद तिमल्सेनाले क्वारेन्टाइन नभएका वस्तुहरु नेपाल भित्रन दिन नहुने बताए । त्यसका लागि कानून निर्माण गरेर अगाडी बढेमा मन्त्री तथा सांसदको दवावमा सामान ल्याउने परम्पराको अन्त्य हुने बताए । उनले भने ‘जुनपनि ल्याउँदाखेरी क्वारेन्टाइन नभएका चिजहरु नेपालमा भित्रिन भएन भन्ने कुरा कानून बनाउन प¥यो । त्यसलाई ठोस रुपमा जानुप¥यो । हामीले बनाएका कानून भइसकेपछि त्यसमा भोलि माननियले भन्ने मन्त्रीले भन्ने सबै कुराहरुको अन्त्य हुन्छ । त्यसकारण कुनैपनि शिर्षक बोट विरुवा देखि लिएर बिउबिजन क्वारेन्टाइन नभएको, गुणस्तर नभएका चिज नल्याउने भनेर निर्णय गरिसकेपछि त्यो विषयमा बोल्नै पाएनन् ।’

सांसद राजबहादुर बुढाक्षेत्रीले समितिले मूल मुद्याहरुलाई छोडेर व्यक्ति विशेषको अनुहार हेरेर काम गर्न नहुने बताए । परम्परागत धङ्गधङिले कानून कार्यान्वयनमा समेत असर पारेको भन्दै त्यसलाई विस्थापित गरी नयाँ तरिकाले अगाडि बढ्ने गरी नीति निर्माण गर्नुपर्ने बताए । उनले भने ‘हामीले हाम्रा मूल मुद्याहरुलाई छोडेर व्यक्ति विशेषको अनुहार हेर्न थाल्यौं भने राम्रो हुँदैन कानूनले केही कुरा परम्परागत धङ्गधङीले अहिलेको कानून कार्यान्वयनमा पनि असर गरेको छ त्यो पनि हामीलाई थाहा छ ’ उनले परम्परागत कुरालाई व्यवस्थापन गरी केही नयाँ निकास निकाल्नुपर्ने बताए  । त्यसमा ध्यान दिइएन भने कानूनी व्यवस्थामा चुनौति दिने उनले बताए ।

सांसद पोल्देन छेपाङ गुरुङले ‘फाइटो सेनेटरी प्रमाणपत्र’ पेस नगरेसम्म प्लान क्वारेन्टाइन नदिने भएकोले प्लान क्वारेन्टाइन सम्बन्धी कानून निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले किसानलाई सजिलो हेनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने ‘कुनैपनि चिजको क्वारेन्टाइन स्वीकृति लिने भन्दापनि त्यो सम्बन्धित ठाउँबाट जुन देशबाट एक्सपोर्ट गर्छ र हामीले इम्पोर्ट गर्छौं त्यो देशलाई फाइटो सेनेटरी पेस गरेको हुन्छ र त्यो पेस गरेन भने प्लान क्वारेन्टाइन दिदैन त्यसैले कानूनभित्र सबै रहन पर्छ र प्लान क्वारेन्टाइनबीना कुनैपनि चिज आयात गर्न हुँदैन ।’

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कानूनको व्यवहारीक पक्ष ख्याल गरेर काम गर्ने विषय सकारात्मक भएको बताए । उनले कानून व्यवहारीक रुपमा कार्यान्वयन गर्न ध्यान नदिएर आफ्ना कुराहरु मात्र कार्यान्वयन गर्न खोजेमा समस्या आउने बताए । उनले भने ‘कानूनको व्यवहारिक पक्ष के हुन्छ त्यसलाई अलिकति ख्याल गरौं भन्ने कुरा असाध्यै महत्वपूर्ण छ र जुनसुकै मुलुकमा कानून व्यवहारीक हिसाबले लागू हुन्छ त्यसरी हेर्दाखेरी हाम्रो कानून कानूनमा अडिनै पर्छ । तर कानून व्यवहारिक हुन्छ त्यो एउटा कुरालाई कही न कही हामीले हेर्नुचाहिं पर्छ तर मैले यहाँ नी यो हुनै पर्छ भन्न थाल्यौं भने हामीले कस्तो सुरु गरौंला त्यसको बारेमा हामीले गम्भिर सोच्नुपर्छ ।’

Advertisement

प्लान क्वरोन्टाइनबिना बीउबिजन ल्याउँदा उत्पादनमा समस्या हुने र किसानलाई नोक्सानी पु¥याउने भएकाले गम्भिर छलफल गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड थियो ।

भर्खरको समाचार

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top