लोप भए पोखरेली ढुंगेधारा र पोखरी

७ चैत ७४, बिहीबार

पोखरा, चैत ८
अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेका अवस्थामा पोखरा र आसपासका क्षेत्रका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुनुलाई यतिखेर निकै चासो र चिन्ताका साथ हेरिएको छ ।

प्राचीन पोखराको पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुङ्ेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको पोखराको भैरवटोलका ९० वर्षीय जगतबहादुर ताम्राकारले बताए ।

विसं १९७६ आसपासमा पोखराका विभिन्न १२ स्थानमा राणाकालीन समयमा ढुङ्गेधारा निर्माण गरिएको उनले जानकारी दिए । तत्कालीन समयमा पोखराको बगर, विन्दवासिनी, नालाको मुख, रामकृष्ण टोल, बगालेटोल, गणेशटोल, जाल्पामाई, साँघुको मुखलगायतका १२ वटा स्थानमा ढुङ्गेधारा सञ्चालनमा आएका थिए । उनले भने “१२ वटा धारा भएकै कारण यस क्षेत्रलाई तत्कालीन अवस्थामा बाह्रधारा भन्दै बालधारा भन्ने गरिएको पाइन्छ ।”

Advertisement

उक्त समयमा पोखराका ढुङ्गे धारामा धारापानी ९हालको पोखरा लेखनाथ महानगरपालिका–५०बाट पानी आउने गरेको उनले जानकारी दिए । पोखराका प्राचीन बस्तीमा रहेका ढुङ्गे धारा यहाँका विशिष्ट पहिचान भए पनि अधिकांश लोप भइसकेको र भएको पनि पानी नआउने अवस्थामा रहेको उनको भनाइ छ ।

पोखराको इतिहाससँग यहाँका ढङ्गेधारा पनि प्रत्यक्ष जोडिने मोहोरिया टोलका ७२ वर्षीय लक्ष्मण ध्वजुले बताए । “२०४० सालपछि भने यहाँका धेरै ढङ्गे धारा लोप भइसकेका छन्,” उनले भने, “आधुनिकता र विकासका नाममा शहरको प्राचीनतासँग जोडिएका वस्तुको पहिचान नै मेटिनु राम्रो होइन ।”

Advertisement

केही प्राचीन ढुङ्गे धारामा अझै पनि शिलालेख रहेका कारण निर्माणको तिथिमिति भने सहजै अनुमान गर्न सकिन्छ । पोखराको भैरवटोलस्थित एक ढुङ्गे धारामा रहेको शिलालेखमा १९६२ साल फागुनमा जन्म भई १९७६ साल असारमा परलोक भएका बाल शम्शेरको स्वर्गवास होस् भन्दै १९७७ मा धारा निर्माण सम्पन्न भएको उल्लेख छ ।

तत्कालीन समयमा समाजसेवाका साथै विभिन्न सन्दर्भ एवं व्यक्तिको स्मृतिमा ढुङ्गेधारा, कुवा तथा पोखरी बनाइदिने प्रचलन रहेको बुढापाका बताउछन् । पोखराका केही ढुङ्गेधारामा विसं २०२०÷२२ सम्म पानी आउने गरेको भए पनि त्यसपछि संरक्षणको अभावमा पानी आउन बन्द हुनुका साथै लोपै हुने अवस्थामा पुगेको नालाको मुखका स्थानीयवासी टेकलाल श्रेष्ठले बताए ।

ढुङ्गे धाराका साथै पोखराका धेरै पोखरी पूर्णरुपमा नै लोप भइसकेको अर्का स्थानीयवासी राजकुमार चुल्याजु बताउछन् । “तत्कालीन समयमा नालाको मुखका रहेको पोखरीकै कारण पोखरा नाम रहन गएको हो,” उनले भने, “पोखरा आसपासका स्थानीयवासीले त्यही पोखरीको नाम लिँदै आउँने क्रमसँगै यस शहरको पोखरा नाम रहनगएको जनजिब्रोमा प्रचलित छ ।”

पोखराकै नामसँग प्रत्यक्ष जोडिएको नालाको मुखको पोखरी अहिले पूर्णरुपमा नै लोप भइसकेको उनले बताए । नालाको मुखको पोखरीसहित पोखरा आसपासका धारापानीस्थित खुँडे पोखरी, जयमूल पोखरी, अँधेरीकुना पोखरी, कूल बाँध पोखरी जस्ता पोखरी पूर्णरुपमा लोप भइसकेको उनको भनाइ छ । प्राचीन इतिहाससँग जोडिएका धारा, पोखरी, चौताराजस्ता कुरालाई राज्यस्तरबाटै संरक्षणको पहल गर्नुपर्ने उनले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top