×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रम मन्त्रीले भने–‘श्रम स्वीकृति बन्द भएको छैन’

२० फाल्गुन २०७६

२० फागुन, काठमाडौँ ।
सञ्चार माध्यमहरुमा श्रम स्वीकृति तत्कालका लागि बन्द गरिएको समाचार सार्वजनिक भइरहेका बेला सरकारले भने कुनै निर्णय नभएको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको बताए ।

विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९)को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति बन्द गरेको समाचार सार्वजनिक भइरहेको बेला श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय नभएको बताएका हुन् । ‘‘स्वीकृति रोकिएको छैन् । अहिलेको विषम परिस्थितीमा कुनै श्रमिकले दुःख नपाउन । बाटैबाट फर्किन नपरोस । ट्रन्जिट प्वाइन्टमा दुःख नपाउन भन्नका लागि गृह र स्वास्थ्यमन्त्रालयसँग निरन्तर छलफल भइरहको छ । चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ । औपचारिक कुनै निर्णय भएको छैन्’, उनले भने, ‘२, ३ वटा विकल्पमा यसलाई रि सेड्युल गर्ने हो की भन्ने विषयमा छलफल चलेको छ । मान्छेले दुःख नपाउने वातावरण कसरी सिर्जना गर्ने त्यसका लागि ब्यापक छलफल चलिरहेको छ ।’’

Advertisement
Advertisement

Advertisement

आइतबारको मन्त्रिपरिषद् बैठकले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको अध्ययन अनुमति पत्र वितरण भने बन्द गरेको छ । नेपाल भ्रमण वर्ष २०२०, सगरमाथा सम्बाद लगायतका कार्यक्रमहरु पनि सरकारले तत्काललाई नगर्ने निर्णय गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका अधिकांश मुलुकमा फैलिएको छ । यद्यपी नेपालमा भने कोरोनाको संक्रमण देखिएको छैन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top