×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि औषधी दिन सुरु गरियो

२० फाल्गुन २०७६

२० फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गरी मृगौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोश्रोदिन सम्पूर्ण परिक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो ।

त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिरहेको समेत अस्पतालले बताएको छ । त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परिक्षणहरु गर्ने क्रम जारी रहेको समेत विज्ञप्तिमा उल्लेख छ । त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ ।

Advertisement
Advertisement

Advertisement

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारका केही मन्त्रीहरु मंगलबार दिउसो त्रिवि शिक्षण अस्पताल पुगेका थिए । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराई अस्पताल पुगेका हुन् । त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी लिन मंगलबार दिउसो अस्तपताल पुगेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top