टिपरको ठक्करबाट २ जनाको मृत्यु

२१ फागुन ७६, बुधबार

२१ फागुन, मोरङ ।
मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनि ६ वर्षीया सबिता सरदारको टिपरको ठक्करबाट मृत्यु भएको छ ।

Advertisement

मंगलबार राती सवा नौ बजे बिराटनगर–१९ मिलन चोक नजिक पुर्वबाट पश्चिमतर्फ आउँदै गरे को को १ ख २९१७ नम्बरको टिपरले बिपरित दिसाबाट आउदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटो चालक बाबुराम सरदार र निजको नातिनि सबिता सरदारको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने टिपर र चालक सुनसरी रामधुनी–५ बस्ने ३३ बर्षीय हरेराम चौधरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top