सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम

२१ फागुन, काठमाडौं । बुधबार सुनको मूल्य ८० हजार ५ सय पुगेको छ। एकदिनमा २२ सयले बढेर ८० हजार ५ सयमा पुगेको सुनको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको हो । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको थियो ।

Advertisement

यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमान बनाएको थियो । आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कायम छ । अहिले अन्तर्रा्ष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ। चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्रा्ष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top