×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

संसदमा कांग्रेसले पेस गर्याे कोरोना जरुरी सार्वजनिक महत्वको प्रस्ताव

२३ फाल्गुन २०७६

२३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन । उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकिकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे । अहिले सम्म नेपालको सुखद अवस्था भएपनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले उल्लेख गरे ।

Advertisement
Advertisement

सिमामा चेकजाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उनले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए ।

सबै देशले आवश्यक तयारी गरेको र भिसा रद्द पनि गर्न थालेको उल्लेख गर्दै उनले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ्ग गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयअनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र दुविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गरे ।

विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको , संसद बैठक सञ्चालन भईरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्धार प्रणालीबाट सुचना सम्प्रेषण गर्न र विदेश बाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे । विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्ने वित्तिकै , होटेल, एयलायन्स संगै बैक लगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने भन्दै उनले आवश्यक तयारी गर्न आग्रह गरे ।

बढी जानकारी भएपनि मानिस त्रसित हुने भन्दै उनले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी रहेको तथा कोरोनाका कारण कुनै पनि सामाग्रीको आपुर्तिलाई तलमाथि गर्न दिन्नौ भनेर सरकारले जनतालाई आश्वस्त गर्नुपर्ने बताए । उनले कालाबजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे ।

उनले खाली रहेका भवनहरुलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरि तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको वेड विस्तार गर्न, अस्पताललाई आधारमा राखेर काम गर्नुपर्ने कामहरुको सूची तयार पार्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे । उनले भने “सचेत रहने हो त्रर्सने होइन । नागरिकलाई नर्तसाउँ । भयभीत पनि नबनाउँ । नेपालका एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौ । हामीले समयको सुविधा पायौ । इरानले पाएन । कोरियाले पाएन । तर कोरियासंग क्षमता थियो । हामीले पाएका छौ । हामीले अहिलेकति मात्रै सुझबुझ पुर्यायौ भने आत्तिनु पर्देन । ”

उनले विश्व स्वास्थ्य संगठनले विहिबार दिउँसो सम्म सार्वजनिक गरेको कोरोनाको अवस्था सम्बन्धी तथ्यांक जानकारी दिदै नेपालले आवश्यक तयारी गर्न ढिलाई गर्न नहुने बताए । उनले चीनबाट फैलिएको संक्रमण हिजो दिउँसोसम्म ९५ हजार २ सय ६५ वटा केस रिपोर्ट भएको, ३ हजार २ सय ८१ जनाको मृत्यु भईसकेको, २ हजार ५५ वटा केस चिन भन्दा बाहिर ३३ वटा देशमा रहेको तथा ती मध्ये ८० प्रतिशत ३ वटा देशमा रहेको बताउनुभयो । त्यसैगरी १ सय १५ वटा देशले संक्रमणको रिपोर्ट नगराएको , २१ वटा देशले एउटा एउटा रिपोर्ट गराएको, गएको १४ दिनमा ५ वटा देशहरुले नया केशहरु रिपोर्ट नगराएको पनि बताए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top