×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अब बैंकमा सुनचाँदी राखेर ब्याज लिन पाइने

२३ फाल्गुन २०७६

२३ फागुन, काठमाडौं । बिहीबार परिपत्र सार्वजनिक गरेर नेपाल राष्ट्र बैंकले बहुमूल्य धातु निक्षेपका रुपमा बैंकले जम्मा गरेर ब्याज दिन पाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निक्षेपका रूपमा सुन राख्न पाएपछि वाणिज्य बैंकले सुनको मूल्य बराबर रकमको बढीमा ८० प्रतिशत कर्जा प्रवाह गर्न पाउँछन् ।

Advertisement

यसअघि ग्राहकले बैंकमा सुन राख्न पाए पनि त्यो निक्षेपका रूपमा थिएन । निक्षेपका रूपमा सुन राख्न पाइने भए पनि सुनका गरगहना, चाँदीलगायत बहुमूल्य धातु भने राख्न नपाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार सुनका गरगहनालाई निक्षेपका रूपमा राख्न चाहेमा तिनलाई पगालेर ढिक्का बनाउनुपर्छ ।

निक्षेपका रूपमा बैंकमा सुन राख्दा ग्राहकले ब्याज पाउँछन् । निक्षेपका रूपमा सुन राख्दा न्यूनतम २५ ग्रामभन्दा कम राख्न पाइँदैन । निक्षेपको अवधि कम्तीमा तीन वर्ष र बढीमा पाँच वर्ष हुनुपर्नेछ ।

Advertisement

यो व्यवस्थाले बैंकमा लगानी योग्य रकम बढ्ने भएकाले कर्जा प्रवाहका लागि रकम अभाव नहुने राष्ट्र बैंकको दाबी छ । आउँदो तीन महिनाभित्रमा यो व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउने राष्ट्र बैंकको योजना छ ।

भर्खरको समाचार

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top