प्रदेश नम्वर १ को प्रदेशसभा नियमावली पारित

७ चैत ७४, बिहीबार

विराटनगर, चैत ८
प्रदेश नम्वर १ को प्रदेशसभा नियमावली २०७४ आज पारित भएको छ । आज बसेको प्रदेशसभाको सातौं बैठकले २ सय ११ नियम र ७ अनुसूचि भएको नियमावली सर्वसम्मतिले पारित गरेको हो ।

प्रदेशसभा सदस्य लिलावल्लभ अधिकारीको संयोजकत्वमा गठन भएको ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समितिले तयार गरी सदनमा प्रस्ताव गरेको नियमावली संशोधनसहित पारित भएको हो ।

सदनमा पेश भएको नियमावली मस्यौदामाथि नेकपा एमालेकी सांसद उषाकला राईले संशोधन दर्ता गराएकी थिईन् । नियमावलीमा व्यवस्था गरिएको शुन्य समय र प्रश्नोत्तर समयको छुट्टाछुट्टै प्रावधानले अलमल भएको भन्दै उनले स्पष्ट हुने गरी एउटा मात्र व्यवस्था गर्न संशोधन दर्ता गराएकी थिईन् ।

Advertisement

राईले दर्ता गराएको संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएपछि नियमावलीको अंग बनेको घोषणा गरिएको थियो । संशोधन पछि शुन्य समयको अवधि एक घण्टा ३० मिनेट कायम भएको छ ।

नियमावलीले विभिन्न सात वटा संसदीय समिति गठन हुने व्यवस्था गरेको छ । संसदको नियमित कार्य संचालनलाई व्यवस्थित गर्न झन्झटिलो विधिहरुलाई सकेसम्म समावेश नगरी छोटो र प्रभावकारी हुने गरी मौलिकरुपमा तयार पारिएको मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले जानकारी दिए ।

Advertisement

अधिकारीले प्रस्ताव गर्नुभएको नियमावली मस्यौदामाथि १३ जना सांसदहरुले टिप्पणी गरेका थिए । नियमावली पारित पछि आगामी चैत १४ गते दिउँसो १ बजेसम्मकालागि बैठक स्थगित भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top