Nepal Times
Nepal Times
3
Shares

द्रुत मार्ग तोकिएको समयमा पुरा हुने रक्षा मन्त्रिको भनाई

द्रुत मार्ग तोकिएको समयमा पुरा हुने  रक्षा मन्त्रिको भनाई

काठमाडौं, चैत ८
फास्ट ट्र¥याक अर्थात द्रुत मार्ग तोकिएको समय भित्र पुरा हँुने रक्षा मन्त्रि ईश्वर पोखरेलले बताएका छन् । निजगढ काठमाण्डौं फास्ट ट्र¥याक निरिक्षणका क्रममा विहिवार बाराको निजगढ आएका रक्षा मन्त्रि पोखरेलले नेपाली जनता बिकासको प्रतिक्षामा रहेको बताउँदै उनले बिकशका कुरा धेरै भएता पनि हुँन नसकेको तर , अब जनताले बिगतमा देखेका सपना पुरा अहिलेको सरकारले गर्ने प्रतिबद्धता जाहेर गर्दै गरे ।

उनले अब , गफ होईन काम सम्पन्न भएको देख्न चाहि रहेकाले नेपाली सेनाले जिम्मेवारी पाई शुरु भई रहेको फास्ट ट्र¥याक तोकिए कै समय सिमा भित्र सम्पन्न हुँनेमा विश्वस्त रहँन सबैलाई आग्रह गरेका छन् ।

जनताका सरोकारलाई पन्छाएर अरु कुँनै काम हँुन नसक्ने बताउँदै कहिले कही देश , समाजका ठुला—ठुला काम , आयोजनाहरुका अगाडी कहि कतै यि समाजका साना तिना कामहरु गौण हँुन सक्छन् र ति कारणले देश र समाजका राष्ट्रिय कामको बाधक बन्न नहुँने उनको भनाई थियो ।

लामो समय देखि देश र जनता अप्ठ्यारो स्थितीबाट गु्रजी रहेकाले अब , त्यो सबै अप्ठ्यारा , असहजतालाई पन्छाएर मुलुकको विकास , समृद्धि , रोजगारी , सुखी समाजको निर्माणमा लाग्नु पर्ने मन्त्रि पोखरेलले बताए ।

जनताको सहयोग , जनता कै सदभावबाट नैं विकास सम्भव हुँने भएकाले सकारात्मक ढंगबाट सहयोग गर्न समेत उनले सबैलाई आग्रह गरे । नेपाली सेनाको हेलिकप्टरबाट निजगढ आएका रक्षा मन्त्रिको टोलीमा रक्षा सचिव विनोद केसी , नेपाली सेनाका रथि पूर्णचन्द्र थापा , आयोजना प्रमुख उपरथि योगेन्द्र बहादुर खा“ड , वन तथा वारतावरण मन्त्रालयका सचिव युवराज ध्वज जिसी , उपरथि शरद गिरी , सहायक रथि भरत बहादुर खडका , प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ , प्राविधिक प्रमुख सेनानी भरतलाल श्रेष्ठ , प्राविधिक सेनानी रमेश मरासिनी , प्राविधिक सेनानी राजेश कुमार देव लगायतका उपस्थित रहेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.