Nepal Times
Nepal Times
3
Shares

राष्ट्रियहित प्रतिकूल चले प्रतिवादमा उत्रने थापाको चेतावनी

राष्ट्रियहित प्रतिकूल चले प्रतिवादमा उत्रने थापाको चेतावनी

काठमाडौं, चैत ८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार राष्ट्रियहित प्रतिकूल चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन बाध्य हुने पनि स्पष्ट पारे ।

उनले आफ्नो पार्टी मुलुकको बैकल्पिक शक्ति भएको दावी गर्दै सोहीअनुसार सशक्त र गतिशील भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।

आज काभ्रेको धुलिखेलमा सुरु भएको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष थापाले निर्वाचनमा पराजित भएपनि निराश नभई उच्च मनोवलका साथ देश र जनताको सेवामा लागिपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष थापाले केही वर्ष भित्रै पार्टीलाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित गराउने दावी समेत गरे । उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई ५ वर्षभित्र अग्रणी शक्तिको रुपमा स्थापित गराउने गरी अभियान नै संचालन गर्ने योजना अघि सारे ।

अध्यक्ष थापाले गणतन्त्रको नाममा मुलुकमा राष्ट्रिय एकता संकटमा परेको भन्दै चिन्ता पनि व्यक्त गरे । २ दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पदाधिकारी, केन्द्रिय कार्य सम्पादन समितिका सदस्यहरु र पार्टीका भातृ संगठनका प्रमुखहरु सहभागी भएका छन ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.