Nepal Times
Nepal Times
3
Shares

कर्णालीले अघि सा¥यो देशको कूल बजेटबाट आधा हिस्सा आफ्नो प्रदेशका लागि छुटयाउनुपर्ने प्रस्ताव

कर्णालीले अघि सा¥यो देशको कूल बजेटबाट आधा हिस्सा आफ्नो प्रदेशका लागि छुटयाउनुपर्ने प्रस्ताव

विराटनगर, चैत ९
कर्णाली प्रदेशले देशको कूल बजेटको आधा हिस्सा आफ्नो प्रदेशका लागि छुटयाउनुपर्ने प्रस्ताव अघि सारेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा ठूलो लगानी गर्न सकेमात्रै नेपालको समृद्धि सम्भव हुने दावी गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् ।

उनले कर्णालीमा धेरै स्रोत, साधन भएपनि त्यसलाई समृद्धिमा बदल्न ठूलो लगानी गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई स्वायत्त प्रदेश बनाउन कानुनमै व्यवस्था गर्न पनि केन्द्र सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री शाहीले युवालाई निर्माण दस्ताको रुपमा रोजगारी दिएर विकास, निर्माणको काममा तीव्रता दिने योजना पनि अघि सारे ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.