Nepal Times
Nepal Times
3
Shares

ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने

ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने

एजेन्सी, चैत ९
ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने योजना बनाएको छ । बिहीबार ट्रम्प प्रशासनले चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै नाकाबन्दी लगाउने योजना बनाएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसले धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने जनाएको हो । त्यो कदमका लागि अमेरिकाले चीनलाई कर तिराउने नयाँ कदम चाल्ने जनाएको छ ।

तर, त्यस कदमले दुई देशबीचमा व्यापार युद्ध हुनसक्ने चिन्ता प्रकट भएको छ । नयाँ कदम अनुसार चीन विरुद्ध अमेरिकाले ३० देखि ६० बिलियन अमेरिकी डलरको कर लगाउन सक्ने तथा चीनसँग गरेको लगानीमा कटौती गर्ने जनाएको अमेरिकी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाले चीनको वौद्धिक चोरी विरुद्ध विश्व व्यापार संगठनमा पनि आवाज उठाउने जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.