प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रम बनाउने, बन्यो कार्यदल

२९ फागुन, विराटनगर । प्रदेश एक सामाजिक विकास मन्त्रालयले नमूना स्थानीय पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरेको छ ।

Advertisement

अशोककुमार कालाखेतीको अध्यक्षतामा गठित कार्यदलको सदस्यहरुमा वालचन्द्र कट्टेल, गोपाल भट्टराई, युवराज वशिष्ट, युवराज पौडेल, निर्मल कोइराला, धर्मानन्द खरेल, भुपेन्द्र कोइराला ,भीमबहादुर बस्नेत , दिब्यराज कट्टेल रहेका छन् । कार्यदलको सचिवालय सदस्य मानबहादुर देवकोटा रहेका छन् ।

Advertisement

गत फागुन २१ को मन्त्रीस्तरीय निर्णय अनुसार मनोनयन गरिएको उक्त कार्यदलले नमुना स्थानीय पाठ्यक्रम विकास गर्ने लक्ष्य राखिएको छ । जसका लागि कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, स्थानीय पाठ्क्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ लगायत प्रदेश भित्रका स्थानीय तहले विकास गरेको स्थानीय पाठ्यक्रमहरुको अध्ययन तथा अनुशन्धान गर्ने, प्रदेशको भाषिक, साँस्कृतिक, भौगोलिक, सामाजिक विशिष्टता तथा आवश्यकताहरुको विश्लेषण गरी प्रदेशले विकास गर्ने नमूना स्थानीय पाठ्यक्रमका विषयहरु पहिचान गरी सिफारिस गर्नेछ ।

Advertisement

यस्तै नमुना स्थानीय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा लेखन गर्ने, प्रारम्भिक मस्यौदा उपर विज्ञ तथा सरोकारवालासंग छलफल गरी सुझाव लिने, अन्तिम मस्यौदा तयार गरी सामाजिक मन्त्रीसमक्ष स्वीकृतिका लागि पेश गर्ने लगायतका काम गर्ने मन्त्रालयले जनाएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top