रुपन्देही, चैत ९
तेस्रो संस्करणको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । बुटवलमा मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको सो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
गोल्डकप प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा मलेसियाको हिमालय फुटबल क्लब, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थ्री स्टार क्लबसहित १० टिमको सहभागीता रहने जनाईएको छ ।
खेल दिउँसो २ बजेपछि बुटबल स्थित रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीले जनाएको छ । गोल्डकपको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले नगद ७ लाख ५० हजार प्राप्त गर्ने छ ।