Nepal Times
Nepal Times
3
Shares

सिमोना ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

सिमोना ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

विराटनगर, चैत ९
ओपन टेनिसको तेस्रो चरणमा विश्व नम्बर एक सिमोना हालेप मायामी प्रवेश गरेकी छिन् । सिमोनाले फ्रान्सकी ओसिन डोडिनलाई २–१ को कठिन सेटमा हराउदै तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

विश्व वरियताको ९८ औं स्थानमा रहेकी डोडिनविरुद्ध सिमोनाले पहिलो सेटमा पछि परेको स्थितीमा पछिल्लो दुई सेट जितेकी थिइन् ।

पहिलो सेट ३–६ ले गुमाएकी सिमोनाले दोस्रो सेट ६–३ ले जितिन् । प्रतिष्पर्धात्मक तेस्रो सेटमा सिमोना ७–६ ले विजयी हुँदै खेलको तेस्रो चरणमा प्रवेश गरिन् ।

तेस्रो चरणमा सिमोनाले पोल्याण्डकी अगनिस्का राडावान्स्कासँग खेल्नेछिन् । पोल्याण्डकी राडावान्स्काले दोस्रो चरणमा बेल्जियमकी एलिसन भान युत्भांकलाई ६–३ र ७–६ ले हराएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.