फरार २ प्रतिबादी मोरङबाट पक्राउ

३० फागुन ७६, शनिबार

१ चैत्र, विराटनगर ।

Advertisement

मोरङ प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

२०७४ फागुन २९ गते दुई हजार जरिवानासहित ३ महिना कैद सजाय पाएका सवारी ज्यान मुद्दाका फरार प्रतिवादी मोरङ ग्रामथान ३ बस्ने बर्ष ३६ को शम्भु राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

यस्तै अदातलबाट दुई हजार जरिवाना र ७ दिन कैद सजाय पाएका कुटपिट मुद्दाका फरार प्रतिवादी मोरङ ग्रामथान २ बस्ने बर्ष ३० को प्रभु माझीलाई पनि बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको तथा उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङमा बुझाउने पहल भई रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top