×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

बाढी र डुबान समस्याको समाधानका लागि समन्वयमा जुट्यो सरकार

२ चैत्र २०७६

२ चैत, काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले तराई मधेसको बाढी र डुबान लगायत समस्या समाधानका लागि सबै तहका सरकारसंग समन्वय गरि सरकारले काम गरिरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आईतबारको बैठकमा तराई मधेशको बाढी तथा डुबान सम्बन्धी समस्याहरुको दीर्घकालीन समाधानका लागि दिएको निर्देशन कार्यान्वय बारेको ध्यानाकर्षण प्रस्तावमाथिको जवाफमा उहाँले सरकारले काम गरिरहेको बताएका हुन् । उनले बाढी र डुबानको समया गत बर्ष तत्काल इमरजेन्र्सीका काम तथा उद्धारका कामहरु प्रभावकारी रुपमा भएको र जोखिम न्यूनीकरणका लागि अहिले नियमित कामहरु भईरहेको स्पष्ट पारे ।

Advertisement
Advertisement

जनताको तटबन्दका ६ वटा कार्यालयहरु रहेको, नियमित नदी नियन्त्रणको काम गर्नलाई थप ८ वटा कार्यालय गरेर १४ वटा कार्यालयहरु तराई मधेसमा नै कार्यरत रहेको स्पष्ट पारे । नदीजन्य वहाव विपरितका संचनाका कारण पनि तराईमा बाढीको समस्या देखिने गरेको पाईएकाले प्राकृतिक वहाबलाई कायम राख्दै र निश्चित मापदण्ड अनुसार निर्माण कार्य गरि व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको बताए । बारा,पर्साका आँधी हुरीबाट प्रभावित र बाढी तथा डुबान प्रभावितलाई भुकम्प प्रभावितलाई उपलब्ध गराएकै मापदण्ड अनुसार घर निर्माणमा सरकारले सहयोग गर्ने निर्णय भईसकेको पनि उनले स्पष्ट पारे ।

केही समय अघि बन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा ३५ लाख जनसंख्या चुरे क्षेत्रमा रहेको देखिएकाले चुरे क्षेत्रको सम्पुर्ण बस्ती विस्थापन गरि पुनस्थापना गर्ने नभई अव्यवस्थित र अत्याधिक जोखिम क्षेत्रको वस्ती विकास, पुर्वाधारण निर्माण तथा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

चुरेको निश्चित क्षेत्रमा केही गर्न नपाउने, तथा हाईवेयको निश्चित दुरीभित्र पर्ने स्थानबाट गिट्टीबालुवा उत्खनन गर्न नपाउने गरि निश्चित मापदण्ड बनाउन सरोकारित मन्त्रालयसंग समन्वय भईरहेको स्पष्ट पारे । उनले वन व्यवस्थापन, वृक्षारोपण लगायतका कामहरु एकिकृत रुपमा नै गर्न सकेमा काम प्रभावकारी हुने उल्लेख गरे । सबै भन्दा बढी कोशी र नारायणी क्षेत्रको चुरे बढी जोखिममा रहेकाल त्यस क्षेत्रको वस्ती विकास, पुर्वाधार निर्माण, पर्यावरण र वातावरण संरक्षणको विषय गम्भीर रहेको बताए । उनले चुरे संरक्षण, पुर्वाधार निमाण, नदीजन्य समस्या लगायतलाई बन तथा वातावरण मन्त्रालय, सडक, शहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबीच समन्वय गरेर एकिकृत रुपमा काम गर्ने प्रतिबद्धता पनि जनाए ।

भारत संगको सिमा क्षेत्रमा बनाउने संरचनाको सवालमा सप्तरी देखी बाँके सम्मको अध्ययन भएर प्रतिवेदन पनि तयार भईसकेको भन्दै उनले प्राकृतिक वहावलाई निरन्तरता दिने गरि दुवै पक्षबाट स्वीकृत भई अन्तराष्टिय कानुन र मान्यता अनुसार काम भईरहेको स्पष्ट पारे । विभिन्न समयमा विभिन्न विषयमा गराईएको ध्यानाकर्षणहरुलाई सम्बोधन गर्दे विपदको प्रकृति अनुसार न्यूनीकरणका लागि प्राधिकरण मार्फत नै एकिकृत कार्ययोजना बनाई कार्यान्वय गरिने स्पष्ट पारे ।

Advertisement

सुमनराज प्याकुरेल प्रस्तावक तथा खिमलाल भट्टराई, अनिता देवकोटा, रामनारायण विडारी, शेखर कुमार सिंह, प्रमिला कुमारी समर्थक रही दर्ता गरिएको तराई मधेशको बाढी तथा डुबान सम्बन्धी समस्याहरुको दीर्घकालीन समाधानका लागि २०७६ साउन १२ को सभा बैठकले दिएका राय सुझाव सहितको निर्देशन कार्यान्वय गर्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको ध्यानाकर्षण सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदहरुले बाढी र डुबानलगायत समस्याको दीर्घकालिन समाधानका लागि भएका पहल बारे जानकारी मागेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top